त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागि हुँदा २ करोडको क्षती

बाराको छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागि हुँदा करिब २ करोड रुपैयाको क्षती भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको उक्त उद्योगमा भएको आगलागिबाट २५ सय के.भि.ए.को ट्रान्सफर्मरमा पुर्ण रुपमा क्षती पुगेको उद्योगको प्रशासकिय अधिकृत राजेश श्रेष्ठले जानकारी दिनुभयो । आगलागि भएको ट्रान्सफर्मरबाट आगो सल्किएर नजिकै रहेको सोहि क्षमता बराबरको अर्को ट्रान्सफर्मरमा आगलागि समेत भएको उहाँले जानकारी दिनुभयो ।

ट्रान्सफर्मरमा भएको आगलागिबाट करिब ढेड करोड देखि २ करोड सम्मको क्षती भएको हुन सक्ने प्रशासकिय अधिकृत श्रेष्ठले अनुमान ब्यक्त गर्नुभयो । दिउँसो करिब २ः४० मा अचानक लागेको आगो जीतपुरसिमरा उपमहानगरपालिकाको एक ,कलैया उपमहानगरपालिकाको एक र बिरगंज महानगरपालिकाको २ गरी ४ वटा बारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरुको सहयोगले एक घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिले जनाएको छ ।

यता उद्योगका ईलेक्ट्रिकल ईन्जिनीयर आलोक कुमार सिँहले ट्रान्सफर्मरमा अचानक सानो आवाज आई केही सेकेन्डमा आगलागी फैलिएको बताउँनुभयो । ट्रान्सफर्मरको बाहिरी भागमा कुनै खराबी नदेखिएका कारण भित्रै तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका ब्यक्त गर्नुभयो । यदपि ट्रान्सफर्मर खोलिएपछि यसको यर्थाथ कारण थाहा हुने उहाँले जानकारी दिनुभयो । नयाँ ट्रान्सफर्मर जडान गर्न कम्तीमा पनि एक महिना लाग्ने ईलेक्ट्रिकल ईन्जिनीयर सिँहले बताउँनुभयो ।

पावर सप्लाईको अभावमा युनिट एक नम्बर डिपार्टको सम्पुर्ण काम ठप्प भई त्यहाँ कार्यरत ३ सय देखि ४ सय जना मजदुरको काम प्रभावित भएको छ । त्रिबेणी स्पिनिङ्ग मिल्समा करिब १ हजार ५ सय मजदुर कार्यरत रहेका छन् भने ४ वटा युनिटहरु रहेका छन्