जीतपुरमा हुने गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा , बिहिबार( भोलि) कलश यात्रा

रञ्जन यादब /बारा बाराको जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा बिहिबार फागुन १५ गते देखि हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा बिस्तृत रुपमा जानकारी दिएको हो । माहायज्ञको पहिलो दिन एक हजार भन्दा बढि सङ्ख्यामा कलश यात्रा निकालिने आयोजकले जनाएको छ … Read more

बड्निहार साझेदारी बन क्षेत्रमा दुई थान अवैध काठ फेला

रञ्जन यादब /पर्सा पर्साको बिन्दाबसनी कोईलाभार बढ्निहार साझेदारी बन क्षेत्रमा दुई थान काठको गोलिया फेला परेका छ । सब डिभिजन बन कार्यालयबाट जमदार जित बहादुर तमाङ्गको नेतृत्वमा खटिएको टोलीले जङ्गलमा ढालेर राखिएको अवस्थामा ती काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साको डिभजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । फेला परेका काठमध्ये एउटा गोलिया २१.४३ … Read more

कोल्हबीको नयाँबस्तीबाट अवैध काठ चिरानमा संलग्न दुई जना पक्राउ

रञ्जन यादब /बारा बारा जिल्लाको कोल्हबी नगरपालिका–१, नयाँबस्तीमा अवैध काठ चिरान गर्दै गरेका दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कोल्हबी–४ निवासी ६७ वर्षीय चतुरी चौधरी र ५५ वर्षीय भेदर चौधरी रहेका छन् । डिभिजन वन कार्यालय बाराबाट प्राप्त विशेष सूचनाको आधारमा गएको टोलीले घरको पछाडि लुकिछिपी हाते आराले काठ चिरेर झ्याल र ढोका बनाइरहेको … Read more

जीतपुरसिमरामा सञ्चालित एचपीभी खोप अभियानको प्रारम्भिक रिपोर्ट सार्वजनिक

रञ्जन यादब/बारा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान २०८१ को प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ। रिपोर्टअनुसार विभिन्न विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिएको थियो, जसमा कुल ७,०५७ छात्राहरूले खोप लगाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।रिपोर्टका अनुसार विद्यालय जाने छात्राहरूको कुल संख्या ६,११७ थियो … Read more

जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तीब्र

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा नगरपालिका वडा नं. ७ जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको तयारी तिब्र पारिएको छ । गायत्री तीर्थ शांतिकुञ्ज हरिद्वारको तत्वावधानमा हुन गइरहेको यो महायज्ञ फाल्गुन १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।महायज्ञमा हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने … Read more

बड्निहार साझेदारी बन क्षेत्रबाट ५ थान साल जातको काठ बरामद

रञ्जन यादब / पर्साको बिन्दाबासनी कोइलाभार बड्निहार साझेदारी बन क्षेत्रबाट ५ थान साल जातको काठ गोलिया बरामद गरिएको छ । विशेष सूचनाका आधारमा जमदार जीत बहादुर तमाङको नेतृत्वमा गएको टोलीले वेवारिसे अवस्थामा काठ बरामद गरेको हो ।बरामद गरिएको करिब २०.३८ क्युफिट काठहरू बड्निहार सब डिभिजन बन कार्यालयको प्राङ्गणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको … Read more

समाजसेवी अमृत बस्याल राष्ट्रिय विभूति सम्मान २०८१’ बाट सम्मानित

रञ्जन यादब /बारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनडुमरबाना, बाराले आफ्नो २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा समाजसेवी अमृत बस्याललाई सम्मान गरेको छ ।समाजसेवा, न्यायिक अभियान तथा मानव सेवामा उहाँको सक्रिय योगदानलाई कदर गर्दै विद्यालयले उहाँलाई सम्मान–पत्र प्रदान गरेको हो। बारा जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका–१, सिमरा निवासी बस्यालले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएका छन् ।विद्यालयका प्रधानाध्यापक … Read more

कोल्हवीमा छड्के अपरेशन ः एक जना पक्राउ, साइकलसहित काठ बरामद

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिकाको विभिन्न स्थानबाट साल जातको काठसहित एक जना मानिस पक्राउ परेका छन् । नेपाल प्रहरी तथा कोल्हवी सवडिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागितामा गरिएको छड्के अपरेशनमा अवैध रूपमा काठ ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । कोल्हवी नगरपालिका–४ … Read more

डुमरबानामा राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ सफलता पूर्वक सम्पन्न,एक सय बिद्यार्थी एक साथ दौडे

रञ्जन यादब /बारा राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच –२०७३) द्वारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सहकार्यमा आयोजित राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा छात्र तथा छात्रा गरी जम्मा १ सय जना खेलाडिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ लोटस एकेडेमी, सिमराका राजाबाबु दास प्रथम स्थान हासिल गर्दै १८ … Read more

औराहामा मौसम अनुसारको तरकारीको हाइब्रिड बीउ बितरण हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ द्वारा वार्षिक मौसम अनुसारको तरकारीको हाइब्रिड उच्च जातको बीउ शुक्रबार निःशुल्क वितरण गरिने भएको छ । वडाध्यक्ष भोजहादुर खत्रीका अनुसार, कृषकहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले वडाले निःशुल्क बीउ वितरणको कार्यक्रम ल्याएको हो। स्थानीय उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले वडाले यस प्रकारका विभिन्न कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्दै … Read more