बड्निहार साझेदारी बन क्षेत्रमा दुई थान अवैध काठ फेला

रञ्जन यादब /पर्सा

पर्साको बिन्दाबसनी कोईलाभार बढ्निहार साझेदारी बन क्षेत्रमा दुई थान काठको गोलिया फेला परेका छ । सब डिभिजन बन कार्यालयबाट जमदार जित बहादुर तमाङ्गको नेतृत्वमा खटिएको टोलीले जङ्गलमा ढालेर राखिएको अवस्थामा ती काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साको डिभजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

फेला परेका काठमध्ये एउटा गोलिया २१.४३ क्युफिटको रहँदा अर्काे गोलिया बीचमा प्वाल परेको (खोक्ला) थियो। राम्रो अवस्थामा रहेको गोलियालाई बड्निहार सब डिभिजन बन कार्यालयमा ल्याइएको छ भने प्वाल परेको गोलिया जङ्गलमै छोडिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।