जीतपुरमा हुने गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा , बिहिबार( भोलि) कलश यात्रा

रञ्जन यादब /बारा

बाराको जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा बिहिबार फागुन १५ गते देखि हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा बिस्तृत रुपमा जानकारी दिएको हो ।

माहायज्ञको पहिलो दिन एक हजार भन्दा बढि सङ्ख्यामा कलश यात्रा निकालिने आयोजकले जनाएको छ । १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने आयोजक जीतपुरसिमरा हिन्दू समाज तथा महायज्ञ प्रचार प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाले जानकारी दिए ।उनले धार्मिक अनुष्ठानको उद्देश्य समाजमा आध्यात्मिक जागरण ल्याउनु, शान्ति स्थापनाको मार्ग देखाउनु तथा पुण्य लाभ प्राप्त गर्नु रहेको बताए ।

यज्ञ हवन भने फाल्गुन १६ गते देखि १८ गते सम्म हुनेछ । हरेक दिन बेलुकी ८ बजेदेखि विशेष धार्मिक प्रवचन हुने बताइएको छ । सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई महायज्ञलाई सफल बनाउन आयोजक समितीका सचिव अमर यादबले पत्रकार सम्मेलनमा अनुरोध गरे । माहायज्ञमा अवधि भरि कुल १२ लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष सन्तोष कुशवाहा , उपाध्यक्ष श्रीराम साह कानु सचिव अमर प्रसाद यादव कोषाध्यक्ष राकेश गुप्ता ,नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी, माहायज्ञ समितीका पुर्व अध्यक्ष शिवजी प्रसाद साह सोनार , समाजसेवि राजु राज गिरी , शेखर भन्डारी सहित अन्य पदाधिकारीहरू को उपस्थिति थियो । माहायज्ञ अवधिभरी निशुल्क भोजनालय(भण्डारा)को आयोजना गरिने आयोजकले जनाएको छ ।