जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तीब्र

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा नगरपालिका वडा नं. ७ जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको तयारी तिब्र पारिएको छ । गायत्री तीर्थ शांतिकुञ्ज हरिद्वारको तत्वावधानमा हुन गइरहेको यो महायज्ञ फाल्गुन १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।महायज्ञमा हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने आयोजक जीतपुरसिमरा हिन्दू समाज तथा महायज्ञ प्रचार प्रसार समितिले जनाएको छ ।

 

आयोजक संस्थाका अध्यक्ष संतोष कुश्वाहाका अनुसार यस धार्मिक अनुष्ठानको उद्देश्य समाजमा आध्यात्मिक जागरण ल्याउनु, शान्ति स्थापनाको मार्ग देखाउनु तथा पुण्य लाभ प्राप्त गर्नु रहेको छ ।

कार्यक्रम अनुसार कलश यात्रा फाल्गुन १५ गते बिहीबार बिहान ७ बजे निस्कनेछ । यज्ञ हवन भने फाल्गुन १६, १७, र १८ गते बिहान ९ः३० बजेबाट सुरु हुनेछ । साथै, हरेक दिन बेलुकी ८ बजेदेखि विशेष धार्मिक प्रवचन हुने बताइएको छ ।

यस कार्यक्रमको आयोजना जीतपुरसिमरा हिन्दू समाज तथा महायज्ञ प्रचार प्रसार समिति ले गरेका हुन्। आयोजकहरूले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई महायज्ञलाई सफल बनाउन अनुरोध गरेका छन्।