रञ्जन यादब /बारा
राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनडुमरबाना, बाराले आफ्नो २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा समाजसेवी अमृत बस्याललाई सम्मान गरेको छ ।समाजसेवा, न्यायिक अभियान तथा मानव सेवामा उहाँको सक्रिय योगदानलाई कदर गर्दै विद्यालयले उहाँलाई सम्मान–पत्र प्रदान गरेको हो।
बारा जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका–१, सिमरा निवासी बस्यालले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएका छन् ।विद्यालयका प्रधानाध्यापक सागर ठाडा मगरले हस्ताक्षर गरेको सम्मान–पत्रमा उल्लेख छ कि मानव सेवानै सबैभन्दा ठुलो धर्म हो भन्ने भावना सहित जाडोमा न्यानो अभियान सेवा संचालन गरी समाजमा असहायहरुको साहायता गर्ने उदेश्य सहित बिशेष पहिचान बनाउँन सफल समाजसेवी तपाई अमृत बस्याललाई यो सम्मान पत्र प्रदान गरिएको छ ।
सम्मान कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर कुमार खड्काले पनि बस्याललाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अग्रसर हुन शुभकामना व्यक्त गरे।