hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

बड्निहार साझेदारी बन क्षेत्रबाट ५ थान साल जातको काठ बरामद

रञ्जन यादब /

पर्साको बिन्दाबासनी कोइलाभार बड्निहार साझेदारी बन क्षेत्रबाट ५ थान साल जातको काठ गोलिया बरामद गरिएको छ । विशेष सूचनाका आधारमा जमदार जीत बहादुर तमाङको नेतृत्वमा गएको टोलीले वेवारिसे अवस्थामा काठ बरामद गरेको हो ।बरामद गरिएको करिब २०.३८ क्युफिट काठहरू बड्निहार सब डिभिजन बन कार्यालयको प्राङ्गणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय, पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन् ।वन स्रोतहरूको संरक्षण तथा अवैध रूपमा काठ तस्करी रोक्न सुरक्षा निकायहरू निरन्तर सक्रिय रहेको बन अधिकृत अहमदले बताए ।