hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

कोल्हवीमा छड्के अपरेशन ः एक जना पक्राउ, साइकलसहित काठ बरामद

रञ्जन यादब /बारा

बाराको कोल्हवी नगरपालिकाको विभिन्न स्थानबाट साल जातको काठसहित एक जना मानिस पक्राउ परेका छन् । नेपाल प्रहरी तथा कोल्हवी सवडिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागितामा गरिएको छड्के अपरेशनमा अवैध रूपमा काठ ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

कोल्हवी नगरपालिका–४ स्थित प्रगतिनगर भन्ने स्थानबाट तीन थान साइकल तथा तीन थान साल जातको गोलिया काठ बरामद गरिएको छ ।सोही दिन कोल्हवी नगरपालिका–२ स्थित शुभकामना पेट्रोल पम्प नजिकबाट थप एक थान साल जातको गोलिया, एक थान साइकल र एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोल्हबी नगरपालिका वडा नं.१० बस्ने बर्ष ५५ का राजिन्द्र मुखिया रहेको कोल्हबी सब डिभिजनका छैठो तह अधिकृत कृष्ण पटेलले बताए । बरामद काठ करिब ५ क्युफिटको रहेको छ ।नियन्त्रणमा लिएका मुखियालाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको छ । बरामद काठ कहाँबाट ल्याईएको थियो र यसमा को को संलग्न छन् लगायतको बिषयमा अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत झाले बताए ।