एभरेष्ट लेदर कम्पनीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा विस्फोट भई मजदुरको मृत्यु

रञ्जन यादब /बारा २९ बैशाख बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट लेदर कम्पनीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । गत वैशाख २२ गते अपराह्न करिब ४ः३० बजे उद्योगभित्र विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा ट्रान्सफर्मर अचानक पड्किँदा मिस्त्रीको काम गर्दै आएका पर्साका बहुदरमाई नगरपालिका–३ निवासी अन्दाजी ४० … Read more

सिमराको १० वटा पसलमा छड्के संयुक्त अनुगमन ,नारायणी फुड्स उद्योगलाई २० हजार रुपैया जरिवाना

रञ्जन यादब /बारा २९ बैशाख बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरा क्षेत्रमा मंगलबार छड्के रुपमा संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उपमहानगरपालिकाको वडा नं. १ र २ मा रहेका खाद्य, किराना तथा मिठाई पसलसहित १० वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो।अनुगमनका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नारायणी फुड्स उद्योगले आवश्यक … Read more

सडक अतिक्रमण हटाउन जीतपुरसिमरा–६ मा अभियान सुरु

रञ्जन यादब /बारा २८ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो । वडा अध्यक्ष कैमुदिन अंसारीका अनुसार मुख्य तथा भित्री सडकहरूमा ढुंगा, इँटा, गिटी, … Read more

रौतहटमा दुई महिला पत्रकार सम्मानित, शारदा पोख्रेल र चान्दनी झालाई “रामा यादव स्मृति पत्रकारिता पुरस्कार”

बारा २८ बैशाख / सञ्चार उद्यमी तथा रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाट बारा र धनुषाका दुई महिला पत्रकार सम्मानित भएका छन् ।पुरस्कारबाट बाराकी शारदा पोख्रेल तथा धनुषाकी चान्दनी झा लाई सम्मान गरिएको हो । रामा देवी स्मृति प्रतिष्ठान द्वारा सोमबार गौरस्थित … Read more

सामुदायिक संस्थालाई प्रतिवेदन पेश गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको आग्रह

रञ्जन यादब /बारा २७ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका ले गरिबी निवारण कोषअन्तर्गत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सामुदायिक संस्थाहरूलाई आफ्नो चौमासिक तथा वार्षिक प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा गरिबी निवारण कोषद्वारा प्रवद्र्धित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजनासम्बन्धी सामान्य मार्गदर्शन, २०७५ अनुसार स्थानीय तहभित्र गठन … Read more

डुमरवानामा प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति क्लबलाई

रञ्जन यादब /बारा २७ बैशाख डुमरवानामा आयोजित प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि बाराको जनशक्ति क्लब कोल्हवीले हात पारेको छ। डुमरवाना विकास मञ्चको आयोजनामा सम्पन्न प्रतियोगिताको भएको फाइनल खेलमा सर्लाहीको लक्ष्मी नाथ क्लब हरिपुरलाई पराजित गर्दै जनशक्ति क्लब विजेता बनेको हो।फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो। पाँच सेटसम्म चलेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे … Read more

सोलखपुर र रामवन गाउँ क्षेत्रको अतिक्रमित वन क्षेत्र खाली गर्न वन कार्यालयको चेतावनी

रञ्जन यादब /बारा २६ बैशाख सबैया सब–डिभिजन वन कार्यालयले अतिक्रमण गरी बसोबास तथा खेतीपाती गरिएको वन क्षेत्र तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। मधेश प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय पर्साको मातहतमा रहेको सबैया सब–डिभिजन वन कार्यालयले बैशाख २५ गते एक सुचना गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ स्थित सोलखपुर र … Read more

जीतपुरसिमराका मेयर पौडेलले आफुलाई बदनाम गरेको भन्दै साइबर ब्यूरोमा दिए उजुरी

रञ्जन यादब /बारा २६ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल विरुद्ध सामाजिक सञ्जालमा फैलाइएको एक विवादास्पद तस्वीरको विषय अहिले चर्चाको केन्द्र बनेको छ। तस्वीर सार्वजनिक भएपछि त्यसलाई लिएर विभिन्न कोणबाट टिप्पणी हुन थालेपछि मेयर पौडेलले साइबर अपराध अन्तर्गत अनुसन्धानको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्। फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त तस्वीरमा मेयर पौडेललाई … Read more

परवानीपुर फार्ममा बर्डफ्लु संक्रमण पुष्टि , ५० लाख रुपैयाँ बराबरको क्षति

बारा २६ बैशाख / बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अनुसन्धान फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ठूलो आर्थिक क्षति पुगेको छ । गत चैतको अन्तिम सातादेखि देखिएको संक्रमणका कारण फार्ममा पालिएका विभिन्न प्रजातिका पन्छी तथा तिनका आहार नष्ट गर्नुपर्दा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सूचना अधिकारी … Read more

वातावरण संरक्षण र नगर क्षेत्रलाई सफा बनाउन रु ५० हजार सम्म जरिवाना गर्न सक्ने

रञ्जन यादब /बारा २५ बैशाख वातावरण संरक्षण र नगर क्षेत्रलाई सफा तथा व्यवस्थित बनाउन जीतपुरसिमरा उपमहानगरपालिका ले फोहोर व्यवस्थापनमा कडाइ सुरु गरेको छ। उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि अब कानुनी कारबाही गरिने जनाएको हो। बिहीबार जारी गरिएको सार्वजनिक सूचनामार्फत उपमहानगरपालिकाले सडक, चोक, नाला, फुटपाथ, सार्वजनिक स्थल तथा नदी–नालामा फोहोर फाल्ने कार्य पूर्ण रूपमा … Read more