शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक १६- इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण १२० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप … Read more

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत … Read more

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

कात्तिक १६- टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

गलत नेतृत्वको कारण फतुवा विजयपुर अस्तव्यस्तः विजय यादव

कार्तिक १४ गते– रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका … Read more

अझै २० वर्ष राजनीतिमै हुन्छु, ७ र २ सत्ताइस जस्तो लाग्छः ओली

पोखरा,कात्तिक १३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन्। सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको सपथग्रहण समारोहमा बोल्दै उनले त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा भएको बताए। उनले आफ्नो बुवा अहिले तगडा भएकाले आफ्नै त कुरै गर्न नपर्ने बताए। ‘म लगभग १८ घण्टा काम गर्छु। आज पनि … Read more

जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै

बारा, कार्तिक १३ गते । बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ । नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट … Read more

बाराः गोली लागेका प्रधानाध्यापकको मृत्यु

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरि हत्या गरिएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली लागेर गम्भिर घाइते भएका थिए । गोली लागेका उनलाई उपचारका लागि गण्डक स्थित बयोध्या मेडिसिटि अस्पतालमा लगिएको … Read more

बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । … Read more

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० घाइते

भारत, कात्तिक १३- भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु … Read more

टि–२० विश्वकप छनोटः सिगांपुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

डेस्क, कार्तिक १३ गते । आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालको टियु क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो । नेपाललाई आजको खेल जित्न २० ओभरमा २४१ रन बनाउनु पर्ने छ । नेपालका लागि … Read more