रञ्जन यादब /बारा
बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा १ करोड १० लाखको लागतमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सूर्य नेपाल प्राली सिमरा कारखाना प्रवन्धक सुरेश काजी श्रेष्ठले ५ कोठे प्रशासनिक भवनको शिलान्यास गर्नु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सुर्य नेपालले सामाजिक क्षेत्रमा दिएको योग्दानको सराहना गर्दै शिक्षा क्षेत्रलाई सबल बनाउँनमा महत्वपुर्ण भुमिका खेल्न अनुरोध गर्नुभयो ।
उहाँले सुर्य नेपाललाई उपमहानगरपालिकाको शिक्षा भौतिक पुर्बधार बाहेक पनि शिक्षाको गुणस्तर बृद्धि गर्न तर्फ सहकार्य गर्नतर्फ ध्यानआकर्षण गर्नुभयो ।शिलान्यास कार्यक्रममा बोल्दै सूर्य नेपालका सिमरा करखाना प्रबन्धक सुरेश काजी श्रेष्ठले सूर्य नेपाल एउटा यस्तो संस्था हो जसले आफ्नो सुरुवातको दिनदेखी समाजमा केही राम्रा काम गर्नु पर्छ भवनाले अभिप्रेरित भएको संस्था रहेको बताउनुभयो ।राष्ट्र र समाज सूर्य नेपालको पहिलो प्राथमिकता रहेको र त्यसै अनुसार सूर्य नेपाल प्रालिले काम गर्दै आईरहेको बताउनु भयो ।
त्यसतै उहाँले सूर्य नेपालले स्वास्थ्य क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरमा बर्थिङ सेन्टर निमार्ण गरेर हस्तान्तरण गरेको र अहिले सिमरा कलेजमा ४० लाखको लागतमा क्यान्टीन निर्माण तथा जीतपुरसिमरा नगर अस्पतालको लागि ५ वटा हेमोडायलेसिस मेसिन समेत खरिद गरेको बताउनुभयो ।त्यसभन्दा अगाडि सुर्य नेपालले सिमरा कलेज सिमरामा ४० लाखको लागतमा चमेना गृह निर्माणको शिलान्यास गरेको थियो ।
सिमरा मा.बि.सिमराका अध्यक्ष गईन्यलाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख भोला प्रसाद अधिकारी , ,बिद्यालयका प्रधानध्यापक शंकर अचार्य ,सुर्य नेपालका स्टेट मेनेजर यज्ञ बहादुर आले , ,नेपाली काग्रेसका नगर सभापती छबिलाल शर्मा,वडा नं.२ का अध्यक्ष धन बहादुर श्रेष्ठ , मजदुर नेता बेनि तिमल्सिना ,रामपुकार पासवान लगायतको सहभागिता रहेको थियो ।