रञ्जन यादब /बारा
नयाँ उद्यमी सिर्जनाकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले ब्यवसायिक सिलाईकटाई तालिम र पशुपालन तालिम सुरु गरेको छ । उपमहानगरपालिकाको वडा नं.१ पथलैयामा १ सय ६० घण्टे(३२ दिन ) बिशेष सिलाई कटाई तालिम र वडा नं.२१ अम्लेखगंजमा साँत दिने पशुपालन तालिम सुरु भएको बरिष्ठ उद्यम बिकाश सहजकर्ता दिपनारायण रायले जानकारी दिनुभयो ।
पथलैयामा सुरु भएको सिलाई कटाई तालिम असाढ १३ गते सम्म चल्नेछ । त्यस्तै अम्लेखगंजमा सुरु भएको तालिम जेठ २० गते सम्म चल्ने बरिष्ठ उद्यम बिकाश सहजकर्ता रायले बताउँनुभयो । दुबै तालिममा सहभागिहरु तालिम लिईरहेका ब्यवसाय पेसाको रुपमा अपनाईसकेका वा अपनाउँने तर्खरमा रहेका उद्यम बिकास शाखाले जनाएको छ ।तालिममा सहभागिहरु सम्बन्धित बिषयका अधारभुत तालिम आफनो वडा वा बिभिन्न संघसंस्थाको माध्यमबाट लिईसकेको जनाईएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पां) अन्र्तगत उपमहानगरपालिकाको उद्यम बिकास शाखाले यी तालिमहरु लघु उद्यमीहरुलाई प्रदान गरिरहेको छ । सिलाईकटाई तालिममा वडा नं.३ , १६ र २१ का १८ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।महिला र पुरुषहरुलाई आयआर्जनमा जोड्न तथा लघु उद्यमी सृजनाका लागि सिपविकास तालिम सञ्चालन गरिएको उपमहानगरपालिको उप प्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिनुभयो । तालिम लिइसकेपछि आफूले सिकेको ज्ञान र सिपलाई निरन्तर व्यवहारमा लागु गरि ब्यवसायिक बन्न अनुरोध गर्नुभयो ।
त्यस्तै अँलेखगंजमा ब्यवसायिक पशुपालन तालिमको उद्घाटन वडा नं.२१ का वडा अध्यक्ष सुबाश श्रेष्ठले गर्नुभएको छ । उहाँले तपाईहरुको माग अनुसार ब्यवसायिक पशुपालन तालिम प्रदान भईरहेकाले तालिममा पशुपालनको ब्यवसायिक तरिकाहरु सिकेर ब्यवहारमा उतार्न अनुरोध गर्नुभयो । ब्यवसायिक पशुपालन तालिममा २२ जनाको सहभागिता रहेको छ ।