महिला बन उपभोक्ताहरुलाई आयआर्जनतर्फ जोड्न ब्युटिपार्लर तालिम

रञ्जन यादब /बारा

गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम प्रदान गरिरहेको छ । परवानिपुर गाउँपालिका वडा नं.३ मा सुरु भएको तालिमको प्राबिधिक समन्वय आशा ब्युटिपार्लर बिरगंजले गरिरहेको गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकबाल साहतेलीले जानकारी दिनुभयो ।

 

जेठ १४ गते सुरु भएको तालिम असार ११ गते सम्म चल्नेछ । महिलाहरुलाई सिप सिकाई आयआर्जनतर्फ जोड्ने उदेश्यले तालिम प्रदान भईरहेको अध्यक्ष साहले बताउँनुभयो । गढिमाई साझेदारी बनका अध्यक्ष रामएकबाल साहतेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं.३ का वडा अध्यक्ष ईमराहिम मिया रहनुभएको थियो ।

कार्यक्रममा डिभिजन बन कार्यालय बाराका बन अधिकृत जवाहरलाल कुर्मी , वडा नं.४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मि लगायत बन ब्यवस्थापन समितीका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुहका सदस्य सचिव तथा बन अधिकृत ललन राउत कुर्मीले गरेका थिए ।