जनहितले मध्यवर्ती क्षेत्रका चार हजार पाँच सय सदस्यलाई संरक्षण तथा सहकारी शिक्षा दिइने

रञ्जन यादव /बारा २२ भदौ पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय उपभोक्ता तथा सहकारीका शेयर सदस्यलाई संरक्षण र सहकारीसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले विशेष शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम सोमबारदेखि सुरु … Read more

छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न ,राष्ट्रिय प्रतियोगिताकोलागि आँठ जना छनोट

रञ्जन यादब /बारा २० भाद्र छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न भएको छ। बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा एक वटा सामुदायिक विद्यालयसहित विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रत्येक विद्यालयबाट दुई÷दुई जना विद्यार्थी सहभागी गराइएको आयोजकले जनाएको … Read more

प्रसौनीमा कानुनी सचेतना अभियान, विद्यार्थी र समुदायलाई अधिकार–कर्तव्यबारे जानकारी

बारा १८ भाद्र नागरिकमा आधारभूत कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले बाराको प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा कानुनी सचेतना अभियान सञ्चालन भइरहेको छ। “कानुनी ज्ञान, सचेत समाजको पहिचान” र “कानुन जानौँ, सचेत रहौँ” भन्ने नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई उनीहरूका अधिकार, कर्तव्य र कानुनी उपचारका विषयमा जानकारी गराइँदै आएको छ। पूर्वाञ्चल … Read more

पूर्व शिक्षक सिटौलाद्वारा नेपाल राष्ट्रिय माविमा १० लाखको छात्रवृत्ति अक्षय कोष

रञ्जन यादब /बारा १८ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक अच्युतदेव सिटौलाले विद्यार्थीको उच्च शिक्षामा सहयोग पु¥याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ ।विद्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा सिटौलाले आफ्ना तथा श्रीमती सरस्वती सिटौलाको नाममा ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो। विद्यालयमा वि.सं. … Read more

रसुवा बाढीपीडितका लागि अक्षरा पाठशाला परिवारद्वारा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रञ्जन यादब /बारा १६ भाद्र रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बाराको जीतपुरसिमरा–१, सिमरास्थित अक्षरा पाठशाला परिवारले आर्थिक सहयोग गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीप्रति सहानुभूति व्यक्त गर्दै अक्षरा पाठशाला परिवारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको अक्षरा पाठशाला स्कुल सिमराका सञ्चालक … Read more

नेपाल राष्ट्रिय मावि सिमराको सामाजिक परीक्षण ः ३ करोड ८९ लाखभन्दा बढी आय, ३ करोड ७५ लाख खर्च

रञ्जन यादब /बारा १५ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक सत्रअन्तर्गत सामाजिक परीक्षण प्रस्तुतीकरण, प्रबोधीकरण, अनुमोदन तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयको वार्षिक आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा विद्यालय सुधार योजना (एसआईपी) को कार्यान्वयन … Read more

अमलेखगञ्जस्थित नेपाल माध्यमिक विद्यालयमा एआई, आईटी र स्मार्टबोर्डसम्बन्धी तालिम सम्पन्न

रञ्जन यादब /बारा १५ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयमा एआई, सूचना प्रविधि (आईटी) तथा स्मार्टबोर्ड सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरणसमेत गरिएको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा शिक्षक तथा सम्बन्धित कर्मचारीलाई एआई तथा सूचना प्रविधिको प्रयोग, स्मार्टबोर्ड सञ्चालन र कक्षाकोठामा प्रविधिको … Read more

बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि ‘गुड टच–ब्याड टच’ सम्बन्धी सचेतना

रञ्जन यादब /बारा ०८ भाद्र बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दै गएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले विद्यालयमै पुगेर बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी सचेतना दिन सुरु गरेका छन्।बालबालिकालाई आफ्नो शरीरप्रति सचेत बनाउँदै राम्रो र नराम्रो स्पर्शबीचको फरक बुझाउने उद्देश्यले गिरीले विद्यालयस्तरबाटै अभियान सुरु गरेका हुन्। उनले आफुले पढेको … Read more

जन्मदर्ता प्रमाणपत्रका विवरणलाई आधार मानेर विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्न विद्यालयलाई निर्देशन

रञ्जन यादब /बारा ०१ भाद्र जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्दा जन्मदर्ता प्रमाणपत्रमा उल्लेखित विवरणलाई आधार मान्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाको पञ्जीकरण शाखाकी अधिकृत दुर्गा न्यौपानेले पत्राचार गर्दै विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूको व्यक्तिगत विवरण उनीहरूको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार कायम गर्न आग्रह गरेकी हुन्। जन्मदर्ता प्रमाणपत्र बाहेक … Read more

जघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या देखियो

रञ्जन यादब /बारा २९ साउन जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ। विद्यालयमै आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरमा ५ सय विद्यार्थीको आँखाको परीक्षण गरिएको हो। रोटरी क्लब अफ वीरगन्जको सहकार्य तथा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा परीक्षण गरिएका विद्यार्थीमध्ये २४ जनामा आँखासम्बन्धी समस्या पहिचान भएको डा. अमर … Read more