महागढीमाईमा अवैध घरेलु मदिरा भट्टीमा प्रहरीको छापा, १० हजार लिटर कच्चा पदार्थ नष्ट

रञ्जन यादब /बारा २९साउन बारा प्रहरीले महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ नष्ट गरेको छ ।महागढीमाई नगरपालिका वडा नं.३ ग्वास टोल र वडा नम्बर १० गञ्जभवानीपुरमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनापछि प्रहरीले संयुक्त रूपमा कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका … Read more

शिलान्यासको चार वर्ष बित्दा पनि बनेन जैतापुर–रामनगर पुल, वर्षामा स्थानीयलाई सास्ती

रञ्जन यादब /बारा २७ साउन जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुर र रामनगर जोड्ने पसाहा खोलाको पक्की पुल निर्माण योजना शिलान्यास भएको करिब चार वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन। पुल निर्माण हुने आशामा बसेका स्थानीय अहिले निराश भएका छन्।२०७९ असोज ९ गते तत्कालीन वन तथा वातावरणमन्त्री तथा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एकै दिन … Read more

बारामा राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि, करदाता सङ्ख्या ९३ हजार नाघ्यो

रञ्जन यादब /बारा २४ साउन आन्तरिक राजस्व कार्यालय बारा, सिमराले आर्थिक वर्ष २०८२÷८३ मा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गरेको छ। कार्यालयका अनुसार आव २०८१÷८२ को तुलनामा गत आर्थिक वर्ष २०८२÷८३ मा कुल राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि भएको हो।कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व … Read more

जितपुरमा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

रञ्जन यादब /बारा २४ साउन बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा शान्ति टोल निवासी करिब ४२ वर्षीय वीरेन्द्र बैठा रहेका छन्।विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले … Read more

बाराबाट रौतहट र पर्सामा ५ हजार बिरुवा पठाइयो

रञ्जन यादब /बारा २३ साउन डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१÷८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क पठाएको छ। सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले ती बिरुवा उपलब्ध गराइएको हो। डिभिजन वन कार्यालय बाराका अनुसार रौतहटको परोहा नगरपालिकाका लागि २ हजार र पर्साको … Read more

उमेर नपुगेका बालबालिकालाई मदिरा तथा नशालु पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको अनुरोध

रञ्जन यादव /बारा २१ साउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्तीजन्य पदार्थ, लागुऔषध तथा अन्य नशालु पदार्थ बिक्री–वितरण नगर्न स्थानीय व्यवसायीहरूलाई अनुरोध गरेको छ । केही होटल, रेस्टुरेन्ट, बार तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उमेर नपुगेका बालबालिकालाई यस्ता पदार्थ बिक्री भइरहेको गुनासो आएपछि संघले सूचना जारी गर्दै व्यवसायीहरूलाई सचेत गराएको … Read more

हुलास स्टिल इण्डष्ट्रिजले मनायो ४५औँ स्थापना दिवस, उत्कृष्ट कर्मचारी सम्मानित

रञ्जन यादव /बारा २१ साउन बाराको सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज प्रा.लि.ले आफ्नो ४५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा उद्योगले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विभिन्न विधाका अवार्ड प्रदान गर्दै सम्मान गरेको छ। उद्योगका प्रबन्ध निर्देशक हिमांशु गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद कँडेल प्रमुख अतिथिका रूपमा … Read more

पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

  पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल लोड गरिएको थियो। दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको हो। आगलागीबाट ट्याङ्कर … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मनायो नवौं स्थापना दिवस

रञ्जन यादब /बारा २० साउन ‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नारालाई आत्मसात गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। संघको कार्यालयमा आयोजित स्थापना दिवस कार्यक्रममा उद्योग, व्यापार तथा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संघका वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी, … Read more

बारा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न, लक्ष्यभन्दा बढी क्षेत्रफलमा खेती

रञ्जन यादव /बारा २० साउन यस वर्ष बारा जिल्लामा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। समयमै पर्याप्त वर्षा भएपछि किसानहरूले सहज रूपमा रोपाइँ सम्पन्न गरेका हुन्।कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सकिएको छ। चालु आर्थिक वर्षमा जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती … Read more