संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

काठमाडौं, पुस १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाइएको हो । ‘२६ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले … Read more

मकवानपुरमा भ्यान दुर्घटना: बाराका १ जनाको ज्यान गयो अन्य ८ जना घाइते

बारा, पुस १७ गते । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका २ मा आज आईतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा ८ जना घाईते भएका छन् । त्रिभुवन राजपथ अन्तगर्त भैसेमा ना४च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ का १८ वर्षीयराहुलकुमार पण्डितको मृत्यु भएको प्रहरीले बताएको छ । … Read more

साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

 बारा, पुष १७ गते । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रूपैयाँले बढेर एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख … Read more

रौटहटमा जिपसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रौतहट, पुष १७ गते । रौतहट जिल्लामा हिजो शनिबार साँझ जिप र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका ३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु … Read more

‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

काठमाडौं, पुस १६- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ । काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उपमहासचिव एवं प्रचार … Read more

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुदै

पोखरा,१७ पुस – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । खुसियालीमा आज … Read more