जीतपुरसिमराको नगरसभामा तोडफोड गर्नेलाई कार्बाहीको माग

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा तोडफोड गर्नेलाई कार्बाहीको माग गरिएको छ । सचेत नागरिक समाजले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कार्बाहीको माग गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो । असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी लिनुभएका जनप्रतिनिधिबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा भएको घटना खेदजनक र भत्सनायोग्य छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस हर्कतलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय छ, त्यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।

’ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएकोले त्यस्ता कमीकमजोरी दोहो¥याउन नदिन अगामी दिनमा ध्यान दिने बताएकी छिन् । उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी पक्रिया बुझेर अगाडि बढ्ने बताइन् । ज्ञापन पत्र बुझाउँने कार्यक्रममा समाजसेवी संजय साह ,शेखर भण्डारी ,अम्रित बस्याल ,कपुर राज पुरी ,जीवन श्रेष्ठ ,नारायण उप्रेती ,सुजित शर्मा ,बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।