समाजका अगुवाहरुद्धारा नगर सभामा भएको तोडफोडका बिरुद्ध ज्ञापन पत्र ,कार्बाही हुनै पर्ने माग

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभामा भएको तोडफोडको बिरोध गर्दै समाजका अगुवाहरुले नगरपालिकाको ध्यानआकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले तोडफोडको कार्यको भत्र्सना गर्दै कार्बाहीको माग सहितको ज्ञापन पत्र बुझाएका छन् । तोडफोड गर्नेलाई कडा कार्बाही गरी त्यसको क्षतीपुर्ति स्वयम ब्यक्तिबाट नै भराउँनुपर्ने माग गरेका छन् ।

दिन्हौँ समाजिक अगुवाहरुले प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई भेटेर ज्ञापन पत्र बुझाउँने गरेका छन् । जनताबाट निर्वाचित भई राज्यको सम्पत्ती संरक्षण गर्ने जिम्मेवारी पाउँनुभएका केही जन प्रतिनिधिबाट नै सम्पत्तीको तोडफोड हुनु दुखद बिषय भएको बिज्ञेप्तीमा भनिएको छ । यस्तो हर्कतलाई जनताले कुन रुपमा लिने ,साचनिय बिषय छ ।त्यसको हामी घोर निन्दा एवम भत्र्सना गर्दछौँ ध्यानकार्षण पत्रमा उल्लेख छ ।

यही असार १० गते भएको नगर सभामा चित्त नबुझेको भन्दै केही नगर सभा सदस्यहरुले कुर्सि ,फर्निचर , ईलेक्ट्रीक सामान र टायल्स तोडफोड गरेका थिए ।जीतपुरबाट संजय कुमार साहको नेतृत्वमा ,सिमराबाट महिलाहरु कमला अधिकारी र शोभा कार्कीको नेतृत्वमा ,अम्लेखगंजबाट पुर्ब वडा अध्यक्ष कृष्ण बहादुर ठकुरीको नेतृत्वमा र समाजसेवी प्रदिप बोम्जनको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत काफ्लेको ध्यान आकर्षित गर्दै कार्बाही माग सहित ज्ञापन पत्र बुझाईएको थियो ।