बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहसँग अन्तरक्रिया

रञ्जन यादब /बारा

डिभिजन बन कार्यालय बाराले बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहका प्रमुख र उप प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । बाराको कलैयामा आयोजित कार्यक्रममा बन संरक्षण र मानिस तथा बन्यजन्तु बिच द्धन्द्ध न्युनिकरण गर्ने बिषयमा अन्तरक्रिया भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बनतर्फबाट जिल्लामा बनको अवस्था ,समस्या ,अवसर र चुनौती र लक्ष्यको बिषयमा प्रकास पारिएको थियो । डिभिजन बनको तर्फबाट साहयक बन अधिकृत संजय चौधरी र पर्सा राष्ट्रिय निकुञ्जको तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले आफनो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बन कार्यालयल बिद्यमान ऐन ,कानुनको बिषयमा चल्न खोज्ने र स्थानीय जनप्रतिनिधिहरु जनताको भावना अनुसार चल्न खोज्दा समय समयमा एक अर्कासँग बिवाद हुने गरेको बताएका थिए । स्थानीय तहका प्रमुख र उप प्रमुखहरुले उठाउँनुभएका प्रश्नको जवाफ डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजन बन अधिकृत बिनोद सिँहले दिनुभएको थियो ।

 

अन्तरक्रिया कार्यक्रम सुरु हुनुभन्दा अगाडि जिल्ला समन्वय समिती बाराको प्राङ्गनमा बृक्षारोपण गरिएको थियो । कार्यक्रममा बाराका स्थानीय तहका प्रमुख र उप प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहयक बन अधिकृत जवाहर प्रसाद कुर्मीले गरेका थिए ।