चुनाभट्टामा रक्तदान कार्यक्रम सम्पन्न, ७२ जनाद्वारा रक्तदान

रञ्जन यादब /बारा २० भाद्र जीतपुरसिमरा उपमहानगरपालिका–३ अन्तर्गत रेल्वेलाइन क्षेत्र अर्थात् चुनाभट्टामा आयोजित खुला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन्। श्री पुण्डेश्वर एकादशी समूहको आयोजनामा सम्पन्न कार्यक्रममा महिला र पुरुषको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार रक्तदान गर्नेहरूमध्ये १७ जना महिला र ५५ जना पुरुष रहेका छन्। उपमहानगरपालिकाका उपमेयर भोला अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित … Read more

छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न ,राष्ट्रिय प्रतियोगिताकोलागि आँठ जना छनोट

रञ्जन यादब /बारा २० भाद्र छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न भएको छ। बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा एक वटा सामुदायिक विद्यालयसहित विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रत्येक विद्यालयबाट दुई÷दुई जना विद्यार्थी सहभागी गराइएको आयोजकले जनाएको … Read more

श्मशानघाटमा निर्माण गरिएको सिमेन्टको कुर्सी तोडफोड गरेको आरोपमा युवक पक्राउ

रञ्जन यादब /बारा १९ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित रातोपुल नजिक रहेको श्मशानघाटमा निर्माण गरिएको सिमेन्टको बस्ने ठाउँ (कुर्सी) तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–६ सिद्धरियाटोल बस्ने २० वर्षीय कईजान होदा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ … Read more

प्रसौनीमा कानुनी सचेतना अभियान, विद्यार्थी र समुदायलाई अधिकार–कर्तव्यबारे जानकारी

बारा १८ भाद्र नागरिकमा आधारभूत कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले बाराको प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा कानुनी सचेतना अभियान सञ्चालन भइरहेको छ। “कानुनी ज्ञान, सचेत समाजको पहिचान” र “कानुन जानौँ, सचेत रहौँ” भन्ने नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई उनीहरूका अधिकार, कर्तव्य र कानुनी उपचारका विषयमा जानकारी गराइँदै आएको छ। पूर्वाञ्चल … Read more

पूर्व शिक्षक सिटौलाद्वारा नेपाल राष्ट्रिय माविमा १० लाखको छात्रवृत्ति अक्षय कोष

रञ्जन यादब /बारा १८ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक अच्युतदेव सिटौलाले विद्यार्थीको उच्च शिक्षामा सहयोग पु¥याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ ।विद्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा सिटौलाले आफ्ना तथा श्रीमती सरस्वती सिटौलाको नाममा ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो। विद्यालयमा वि.सं. … Read more

बाढीपीडितको सहयोगमा सूर्य नेपालका श्रमिक, एक दिनको तलबबाट जुटाए २ लाख २७ हजार

रञ्जन यादब /बारा १७ साउन रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रा.लि. सिमरामा कार्यरत श्रमिकहरूले आफ्नो पारिश्रमिकबाट सहयोग जुटाएका छन् ।सूर्य नेपाल सिमरा प्रतिष्ठानमा कार्यरत २२५ जना श्रमिकले एक दिनको आधारभूत तलब कट्टा गरी कुल २ लाख २७ हजार ६ सय ५५ रुपैयाँ संकलन … Read more

रसुवा बाढीपीडितका लागि अक्षरा पाठशाला परिवारद्वारा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रञ्जन यादब /बारा १६ भाद्र रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बाराको जीतपुरसिमरा–१, सिमरास्थित अक्षरा पाठशाला परिवारले आर्थिक सहयोग गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीप्रति सहानुभूति व्यक्त गर्दै अक्षरा पाठशाला परिवारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको अक्षरा पाठशाला स्कुल सिमराका सञ्चालक … Read more

दुधौरा खोला नजिककोे घरटहरा हटाउन १५ दिने अल्टिमेटम

रञ्जन यादब /बारा १६ भाद्र डिभिजन वन कार्यालय, बाराले दुधौरा खोला नजिककोे घरटहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।पथलैया सामुदायिक वन क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएका उक्त घरटहरा तथा संरचना हटाई वन क्षेत्र खाली गर्न १५ दिने अल्टिमेटम दिएको हो । बन कार्यालयले सूचना जारी गर्दै वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण गरेर बसोबास … Read more

नेपाल राष्ट्रिय मावि सिमराको सामाजिक परीक्षण ः ३ करोड ८९ लाखभन्दा बढी आय, ३ करोड ७५ लाख खर्च

रञ्जन यादब /बारा १५ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक सत्रअन्तर्गत सामाजिक परीक्षण प्रस्तुतीकरण, प्रबोधीकरण, अनुमोदन तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयको वार्षिक आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा विद्यालय सुधार योजना (एसआईपी) को कार्यान्वयन … Read more

अमलेखगञ्जस्थित नेपाल माध्यमिक विद्यालयमा एआई, आईटी र स्मार्टबोर्डसम्बन्धी तालिम सम्पन्न

रञ्जन यादब /बारा १५ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयमा एआई, सूचना प्रविधि (आईटी) तथा स्मार्टबोर्ड सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरणसमेत गरिएको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा शिक्षक तथा सम्बन्धित कर्मचारीलाई एआई तथा सूचना प्रविधिको प्रयोग, स्मार्टबोर्ड सञ्चालन र कक्षाकोठामा प्रविधिको … Read more