गढीमाई मन्दिर नजिकबाट १ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

रञ्जन यादव /बारा, २ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ गढीमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

आज शुक्रबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा पर्साको वीरगन्ज महानगरपालिका वडा नं.३१ निवासी २० वर्षीय दिपु राउत कुर्मीलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब १ ग्राम ब्राउन सुगर बरामद भएको हो ।

गढीमाई मन्दिर नजिकै सडकको बायाँतर्फको सर्भिस लेनमा चेकजाँचका क्रममा लागूऔषध फेला परेपछि कुर्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।