साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

 बारा, पुष १७ गते ।

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रूपैयाँले बढेर एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।