रौतहट, पुष १७ गते ।
रौतहट जिल्लामा हिजो शनिबार साँझ जिप र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका ३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षका गौकरण यादव रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए र सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।