रास्वपाको जीतपुरमा नयाँ नेतृत्व चयन, ११ सदस्यीय समिति गठन

रञ्जन यादब /बारा २१ बैशाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा नयाँ नेतृत्व चयन गरेको छ। वडा भेलाबाट ब्रिजेश गुप्ताको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति तथा ८ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित वडा कार्यसमितिमा बृजमोहन गुप्ता सभापति, अनिल कुमार गिरी उपसभापति र संजय कुमार गुप्ता सचिव चयन भएका छन्।

सदस्यहरूमा हिरालाल पासवान, सुरेश कुशवाहा, भगवान झा, जितेन्द्र गुप्ता, रवीन्द्र सहनी, कलामुन नेसा, नीतु कुमारी र शकुन्तला कुमारी रहेका छन्।भेलामा पार्टी संगठनलाई वडास्तरमा अझ सुदृढ बनाउने र जनसरोकारका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा छलफल गरिएको थियो। नवचयनित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथिहरूले खादा तथा टिका लगाएर स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए।नयाँ नेतृत्व चयनसँगै वडा नम्बर ७ मा रास्वपाको संगठनात्मक गतिविधि थप सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ। पार्टीले आगामी दिनमा संगठन विस्तारसँगै जनताका समस्या समाधानमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ।

भेला रास्वपा प्रदेश उपसभापति राधिका न्यौपाने, क्षेत्रीय सभापति युवराज न्यौपाने तथा नगर सभापति सुरेशराज केसी र रास्वापाको नेता राजुराज गिरीको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बारागढीका सभापति सनी जयसवालसहित विभिन्न विभागका प्रतिनिधि र स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।