hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

छतीवन टाँडिबाट अबैध काठ ओसारपसार: एक जना पक्राउ, काठ र दाउरा बरामद

पर्सा — पर्सागढी नगरपालिका वडा नं. २, छतीवन टाँडीबाट अवैध रूपमा काठ ओसारपसार गर्दै गरेका एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ५ निवासी करिब ३० वर्षीय जयनारायण राय (गुरदेलिया) रहेका छन्। नियमित गस्तीका क्रममा साइकलबाहक काठका गोलिया बरामद गरिएको वन सुरक्षा टोलीले जनाएको छ।

बड्निहार सब-डिभिजनका जमदार जीत बहादुर तामाङकाे नेतृत्वमा गएकाे टाेलीले काठ सहित मानिस पक्राउ गरेकाे  बड्निहार सब डिभिजन बन कार्यालयका बन अधिकृत नवनित मिश्राले जानकारी दिए ।

बरामद गरिएका काठ तथा पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा पठाइएको छ। बड्निहार सब-डिभिजनका जमदार जीत बहादुर तामाङका अनुसार अनुसन्धान प्रक्रियाकाेलागी डिभिजन बन कार्यालय पर्साकाे जिम्मा लगाईएकाे बताए ।

त्यसैगरी,राष्ट्रिय निकुञ्ज आधाभार जाने फाएरलाइनको बाटोमा गस्ती टोलीले पाँच थान साइकलसहित दाउरा बरामद गरेको छ। चोरीको काठ चिरेर दाउरा बनाइएको अवस्थामा फेला परेको हो। वन गस्ती टोली आउँदै गरेको सूचना पाएपछि संलग्न व्यक्ति फरार भएका छन्। बरामद काठ र दाउरा बड्निहार सब-डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले अवैध काठ तस्करी रोक्न नियमित गस्तीलाई बढाईएकाे बताएका छन् । उनले काठ तस्करी गर्ने जाेसुकैलाई कार्बाहीकाे दायरामा ल्याई छाेड्ने जिकिर गरे ।