hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

बड्निहारमा २० क्युफिटकाे दुई थान अबैध काठ बरामद, तस्करहरू फरार

रञ्जन यादब /पर्सा

पर्सागढी नगरपालिका-३ बड्निहारबाट साल जातकाे करिब २० क्युफिट अबैध काठ बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा गएको टोलीले आज बिहान ३ बजे पकडिया खोलाको छेउमा बेवारिसे अवस्थामा दुई थान काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

उनका अनुसार बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार   जीतबहादुर तमाङ्गले बन गस्ती टाेलीकाे नेतृत्व गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार तस्करहरू बन टोलीको उपस्थितिलाई महसुस गर्दै काठ छाडेर फरार भएको अनुमान गरिएको छ।

 काठलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बड्निहार सब डिभिजन बन कार्यालयकाे नियन्त्रणमा राखिएकाे सब डिभिजनका बन अधिकृत नवनित मिश्राले जानकारी दिए ।