पर्सामा डिभिजन वन कार्यालयद्वारा दाउरा नियन्त्रण अभियान,२० वटा साइकललाई कार्बाहि 

रञ्जन यादब/ पर्सा

डिभिजन वन कार्यालय पर्साले दाउरा कारबाही अभियान सञ्चालन गरेको छ। जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा ल्याइएका २० वटा दाउरा लोड साइकललाई नियन्त्रणमा लिइएर कार्बाहि गरेकाे डिभिजन बन कार्यालय पर्साले जनाएकाे छ।

उक्त दाउरा करिब  एक ट्र्याक्टर भएकाे र यसलाई जफत गरिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

यस कारबाहीलाई प्रभावकारी बनाउन प्रहरी, साझेदारी वन तथा सब-डिभिजन वन कार्यालयको संयुक्त टोलीले सक्रिय सहभागिता जनाएको उनले बताए । डिभिजन वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदका अनुसार अवैध रूपमा काठ दाउरा तस्करी रोक्न अभियानलाई निरन्तर अभियान सञ्चालन गरिएकाे छ ।

वन सम्पत्तिको संरक्षण गर्नका लागि चेकजाँच तथा कारबाहीलाई अझै कडाइ गरिने याेजना रहेकाे डिभिजनल बन अधिकृत अहमदले बताए ।