रञ्जन यादब /बारा २७ साउन
नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको तयारीलाई तीव्रता दिएको छ। कार्यक्रमको तयारीका लागि जिल्ला समितिको बैठक बुधबार बाराको कलैया स्थित बारा उद्योग बाणिज्य संघमा सम्पन्न भएको हो।जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ३० गते जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
पार्टी एकीकरणपछि संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बैठक तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको जिल्ला समितिले जनाएको छ।बैठकमा जिल्लामा पार्टी संगठन विस्तार, स्थानीय तहमा पार्टीको गतिविधिलाई प्रभावकारी बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय सुदृढ गर्ने तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ।
ह्जारौँको सङ्ख्यामा हुने एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा जिल्ला तहका नेता, विभिन्न पालिका तथा वडा तहका प्रतिनिधि, कार्यकर्ता लगायतको सहभागिता रहने जनाइएको छ। कार्यक्रममार्फत पार्टीको नीति, विचार र आगामी कार्यदिशाबारे नेता–कार्यकर्तालाई जानकारी गराउँदै संगठनलाई थप मजबुत बनाउने तयारी गरिएको छ।बैठकले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी तथा जिम्मेवारीसमेत बाँडफाँट गरेको जनाएको छ ।
कार्यक्रममा जिल्ला सह संयोजक धुब्र यादब ,रबिराज दंगाल ,रामनिवास साह ,केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज रमेश यादब ,केन्द्रिय सदस्य तथा बारा जिल्ला सह ईन्चार्ज बतहु यादब ,बिजेन्द्र चौधरी , केन्द्रिय सदस्य रामचन्द्र प्यासी ,प्रमानन्द साह ,दिलमाया धामी ,मुकेश साह ,नेता दिनेश राई लगायतको सहभागिता रहेको थियो ।




