जितपुरसिमरा उपमहानगरपालिकामा ई बिडिङ मार्फत विकासका काम तीव्र

रञ्जन यादब /बारा मधेश प्रदेशभरि समिति र कोटेसन प्रक्रियामार्फत माटो पुरी, ग्राभेल र ढलान बाटो निर्माण भइरहेका बेला जीतपुरसिमरा उपमहानगरपालिकाले ई बिडिङ मार्फत विकासका कामलाई तीव्र बनाएको छ ।जितपुरसिमरा उपमहानगरपालिकाले फरक शैली अपनाउँदै ई बिडिङ प्रक्रियाको माध्यमबाट विकासका कामलाई तीव्रता दिएको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिए । नगर प्रमुख राजन पौडेलको निर्देशनमा ई बिडिङ … Read more

लोटस एकाडेमीले आठौं लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि जित्यो

रञ्जन यादब /बारा आठौं लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि लोटस एकाडेमी सिमराले जितेको छ । बिहिबार लोटस एकाडेमीको खेलमैदानमा सम्पन्न फाइनल खेलमा होली गार्डेन पथलैयालाई १–० ले पराजित गर्दै लोटसले उपाधि हात पारेको हो । फाइनल खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको निर्णायक गोल लोटसका खेलाडी गौरव थारुले मध्यान्तरपछि इन्जुरी समयमा … Read more

तीन थान साल जातको काठ र साइकल बरामद

रञ्जन यादब /बारा कोल्हवी नगरपालिका–६ प्रसौनामा अवैध रूपमा काटेर साईकलमा ल्याईरहेको साल जातका गोलिया काठ ३ थान (करीब २० क्यूबिक फिट) र ३ थान साइकल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल र कोल्हवी सब ङिभिजन वन कार्यालयका कर्मचारीहरूले सहकार्यमा यो सफलता प्राप्त गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए । … Read more

जीतपुरसिमरामा सामुदायिक विद्यालयका शिक्षकको तलब ब्यक्तिगत खातामा पठाइने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, बाल विकास सहायक, र अन्य कर्मचारीहरूको तलब मासिक रूपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको छ । उपमहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । विवरणमा नाम, पद, नियुक्ति मिति, नागरिकता प्रमाणपत्र र बैंक खाता … Read more

प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै

सिमरा,०९ माघ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव लाग्ने भएको छ ।“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।आउदो यही २०८१ माघ १४ गतेदेखी माघ २० गतेसम्म रामनगर स्थित खेल मैदानमा संचालन गरिने उक्त महोत्वसको जीतपुरसिमरा उपमहानगरपालिकाका … Read more

प्रसौनीमा आगलागि भएर एक वृद्वाको मृत्यु

  बाराको प्रसौनीमा आगलागि भएर एक वृद्वाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका ७ बन्जरीयामा आगोले जलेर ७५ वर्षीया रजिया साह कानुको मृत्यु भएको हो ।चिसोबाट जोगिन घर अगाडी बालिएको परालको घुर ताप्ने क्रममा लुगामा आगो सल्किएपछी वृद्वा जलेर घाइते हुनुभएको थियो । आगोले जले लगत्तै उहाँलाई उपचारका लागि वीरगन्ज लगिएको थियो ।वीरगन्जबाट थप उपचारका … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट र खर्चमा सुधार हुँदै , पूँजीगत खर्चमा बृद्धि

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को ६ महिनामा पुँजीगत खर्चमा अहिलेसम्मकै सब भन्दा बढि गरेको छ । अर्धबाषिक समिक्षा गर्दा उपमहानगरपालिकाले २०७६।०७७ मा कुल बजेटको २.३ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । जुन कि चालु आर्थिक बर्षको ६ महिनामा कुल बजेट २ अर्ब १० करोड ५० लाख मा १९.७८ प्रतिशत … Read more

सन्तानको रहर पुगेकाकोेलागि सिमरामा भएको बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले लाभ लिए

रञ्जन यादब /बारा सन्तानको रहर पुगेकाकोेलागि सिमरा अस्पतालमा भएको निशुल्क बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले बन्ध्याकरण गराएका छन् । जसमा १ जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि र १ सय १८ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप गराएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत चौधरीले जानकारी दिए । स्वास्थ्य कार्यालय बाराको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको ब्यवस्थापनमा … Read more

लोटस आधारभूत तह अन्तर स्कुल फुटबल प्रतियोगिता सुरु

रञ्जन यादब /बारा बाराको सिमरामा आठौँ लोटस आधारभूत तह अन्तर स्कुल फुटबल प्रतियोगिता लोटस एकाडेमीको खेल मैदानमा सुरु भएको छ । एन प्याप्सनमा आबद्ध नगरभित्रका १० वटा विद्यालयले भाग लिइरहेको यो प्रतियोगिता माघ ६ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिनको खेलको नतिजा पहिलो दिनको खेलमा लोटस एकाडेमीले साना किसान शिक्षा सदनलाई ३–१ गोलले … Read more

छतिवनटाँडीमा बन गस्ती टोलीद्वारा एक व्यक्ति पक्राउ

रञ्जन यादब /पर्सा पर्साका पर्सागढी नगरपालिका वडा नं. २ छतिवनटाँडीमा बन गस्ती टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही पालिकाको वडा नं. ५ बस्ने २७ वर्षीय प्रमोद राम रहेको बड्निहार सब–डिभिजन बन कार्यालयका जमदार जित बहादुर तमाङले जानकारी दिएका छन् । जमदार तमाङ्कको नेतृत्वमा गएको बन गस्ती टोलीले ती व्यक्ति साइकलमा … Read more