बाराको प्रसौनीमा आगलागि भएर एक वृद्वाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका ७ बन्जरीयामा आगोले जलेर ७५ वर्षीया रजिया साह कानुको मृत्यु भएको हो ।चिसोबाट जोगिन घर अगाडी बालिएको परालको घुर ताप्ने क्रममा लुगामा आगो सल्किएपछी वृद्वा जलेर घाइते हुनुभएको थियो ।
आगोले जले लगत्तै उहाँलाई उपचारका लागि वीरगन्ज लगिएको थियो ।वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।उहाँको शव शल्यपरीक्षणपछि परिवारको जिम्मा लगाईएको छ ।