रञ्जन यादब /बारा
कोल्हवी नगरपालिका–६ प्रसौनामा अवैध रूपमा काटेर साईकलमा ल्याईरहेको साल जातका गोलिया काठ ३ थान (करीब २० क्यूबिक फिट) र ३ थान साइकल बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल र कोल्हवी सब ङिभिजन वन कार्यालयका कर्मचारीहरूले सहकार्यमा यो सफलता प्राप्त गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए । बिशेष सुचनाको आधारमा गएको बन टोलीलाई देखेर काठ तस्करहरु काठ छाडेर फरार भएका थिए ।
अवैध काठ कटानी तथा ओसारपसारमा संलग्न व्यक्तिहरूको बिषयमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराका बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।बन संरक्षण तथा वन विनाश रोक्नको लागि गरिएको यो कार्य उदाहरणीय रहेको स्थानीयहरूले बताएका छन्।