रञ्जन यादब /पर्सा
पर्साका पर्सागढी नगरपालिका वडा नं. २ छतिवनटाँडीमा बन गस्ती टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही पालिकाको वडा नं. ५ बस्ने २७ वर्षीय प्रमोद राम रहेको बड्निहार सब–डिभिजन बन कार्यालयका जमदार जित बहादुर तमाङले जानकारी दिएका छन् ।
जमदार तमाङ्कको नेतृत्वमा गएको बन गस्ती टोलीले ती व्यक्ति साइकलमा काठ(कचरा) लिएर ल्याउँदै गरेको अवस्थामा १.७७ क्युफिटको काठ सहित पक्राउ गरेको हो ।डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार, पक्राउ परेका व्यक्तिलाई थुनुवा कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।