जीतपुरसिमरामा सामुदायिक विद्यालयका शिक्षकको तलब ब्यक्तिगत खातामा पठाइने

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, बाल विकास सहायक, र अन्य कर्मचारीहरूको तलब मासिक रूपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको छ । उपमहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

विवरणमा नाम, पद, नियुक्ति मिति, नागरिकता प्रमाणपत्र र बैंक खाता लगायतको बिवरण शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत हरिष भट्टद्धारा हस्ताक्षरीत सुचनामा माग गरिएको छ ।माघ २० गते सम्म बिवरण पेश गर्न निर्देशन दिएको छ ।उक्त निर्णयले तलब व्यवस्थापन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ। आवश्यक कागजातहरू समयमा उपलब्ध गराउन विद्यालय प्रशासनलाई ताकेता गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार, यो प्रक्रिया आगामी महिनादेखि लागू हुने जनाईएको छ । यस भन्दा अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले सम्बन्धित बिद्यालयको खातमा शिक्षक, बाल विकास सहायक, र अन्य कर्मचारीहरूको तलब पठाउँने गथ्र्यो ।