प्रगतिशिल सामुदायिक बनका नव–निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम

रञ्जन यादब /बारा प्रगतिशिल सामुदायिक बन समुह औराहाका नव–निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहास्थित सामुदायिक बन परिसरमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेशप्रसाद खरेलले नव–निर्वाचित अध्यक्ष सन्तोष दाहाल सहितका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगतै नव–निर्वाचित अध्यक्ष दाहाललाई … Read more

जीतपुरसिमराको दलित बस्तीमा २५ वटा घरको शिलान्यास

रञ्जन यादब /बारा आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ स्थित दलित बस्ती रामटोलमा २५ वटा घरको शिलान्यास गरेको छ । उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले घर निर्माणको शिलान्यस गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगर प्रमुख राजन पौडेलले परम्परागत कुरालाई आधुनिकतासँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । उनले पहिला पहिला बन्ने गरेका … Read more

जीतपुरमा १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रूपमा सम्पन्न

रञ्जन यादब /बारा अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेश समितिको आयोजनामा १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस बाराको जीतपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रभातफेरी पछि आयोजित औपचारिक कार्यक्रमको प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य र बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठले देशको प्रत्येक परिवर्तनमा मजदुर आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो। उहाँले जनयुद्धमा मजदुरहरुले … Read more

जीतपुरमा ट्राफिक नियमको पालना र पार्किङ्ग ब्यवस्थापन सम्बन्धि सप्ताहब्यापी सचेतना कार्यक्रम सुरु

रञ्जन यादब /बारा ट्राफिक नियमको पालना र फुटपाथ पार्किङ व्यवस्थापन सम्बन्धी सप्ताहब्यापी सचेतना कार्यक्रम बाराको जीतपुरमा सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका ,वडा नं.७ को कार्यालय ,नेपाल प्रहरी, स्थानीय तह, विद्यालय तथा समुदायका प्रतिनिधिहरूको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विषयमा जानकारी प्रदान गरिनुका साथै ट्राफिक नियम पालना ,पार्किङ्ग ब्यवस्थापनमा गर्नमा सबैलाई सहयोग गर्न आह्वान … Read more

दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ, ९ जनाबाट झण्डै १७ लाख ठगी

रञ्जन यादब । बारा दुबई रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई पीडित आफैले समातेर प्रहरीको जिम्मा लगाएका छन्। परवानीपुर गाउँपालिका–३ का ४५ वर्षीय श्रवन साह रौनियारलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । श्रवन साहले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनाबाट प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रुपमा दुबई पठाउने भन्दै प्रति व्यक्ति दुई … Read more

तराई मोर्डन हस्पिटलको ब्यवस्थापनमा सिमरामा मंगलम डाईग्नोष्टिक सेण्टरको सेवा शुरु

रञ्जन यादब /बारा बाराको सिमरामा तराई मोर्डन हस्पिटलको ब्यवस्थापनमा मंगलम डाईग्नोष्टिक सेण्टरको चौथो शाखाबाट सेवा शुरु भएको छ । तराई मोर्डन हस्पिटल अगाडी सञ्चालनमा आएको डाईग्नोष्टिक सेण्टर आई.एस.ओ. मान्यता प्राप्त डाईग्नोष्टिक सेण्टर भएकाले सर्वसाधारणलाई गुणस्तरीय सेवा पुग्ने बिश्वास लिएको छ । यस भन्दा अगाडि मंगलम डाईग्नोष्टिक सेण्टरले बिरगंज ,जनकपुर र परवानीपुरको वायोधामा सेवा दिँदै आएको … Read more

जीतपुरको ६ लेन सड्कमा फेरि बजार, ट्राफिक व्यवस्थापनमा चुनौती

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजारस्थित ६ लेन सड्कमा पुनः बजार लाग्न सुरु भएको छ। केही महिना अघिसम्म स्थानीय ट्राफिक प्रहरी र उपमहानगरपालिकाको सहकार्यमा सड्क अतिक्रमण रोकिएको भए पनि हाल फेरि सडकमै पसल तथा ठेलागाडा राखेर व्यापार व्यवसाय गरिने क्रम बढेको छ ।सडक र फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको … Read more

डुमरवाना दुग्ध उत्पादक सहकारीको भूमिकामाथि मधेस प्रदेशस्तरीय गोष्ठी सम्पन्न

रञ्जन यादब /बारा बाराको सिमरामा “मधेस प्रदेशमा डुमरवाना दुग्ध उत्पादक सहकारीको भूमिका” विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । मधेस प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालको प्रमुख आतिथ्यता तथा डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै दुग्ध … Read more

सामुदायिक बिद्यालयहरुलाई बार्षिक आय र ब्यय पेश गर्न निर्देशन ,शिक्षक तथा कर्मचारी नियुक्तिको बिवरण माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई बार्षिक आय र ब्ययको बिवरण माग गरेको छ । शिक्षक तथा कर्मचारीहरूको नियुक्ति विवरण समेत पेश गर्न नगर प्रमुख राजन पौडेलले निर्देशन दिनुभएको छ । उपमहानगरले जारी गरेको पत्रमार्फत विद्यालयहरूले स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण संकलन गरी नगर कार्यालयमा अनिवार्य … Read more

सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा कर्मचारीका सन्तान अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा पढ्नुपर्ने , नपढाउँनेकोे सेवा सुविधा रोकिने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ कार्यालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना हुनुपर्ने निर्णय गरेको छ । बैशाख ८ गते बसेको वडा समितिको बैठकको निर्णयअनुसार उक्त सूचना जारी गरिएको हो। वडा अध्यक्ष राम प्रसाद लामिछानेद्धारा जारी सूचनामा भनिएको छ कि अबदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा … Read more