रञ्जन यादब /
पर्सागढी नगरपालिका वडा नं. २ स्थित बागमारा टोलमा बन टोलीले अवैध काठ बरामद गरेको छ । बड्निहार सब डिभिजन बन कार्यालय कार्यालयको बन गस्ती टोलीले अवैध रूपमा राखिएको काठ बरामद गरेको हो ।
बरामद सामग्रीमा ३२ क्युफिट सालको गोलिया ४ थान गोलिया र ४ थान साईकल बरामद गरेको छ ।बन अधिकृत नवनीत मिश्रको नेतृत्वमा खटिएको बन टोली काठ सहितको साईकल बरामद गरेको थियो । बिशेष सुचनाको अधारमा गएको बन गस्ती टोलीले काठ तस्करहरुले साईकल सहितको काठ छाडेर फरार भएका थिए ।
त्यसैगरी अधिकृत मिश्र नेतृत्वको टोलीले अबैध दाउरा औसारपोसारमा नियन्त्रणमा पनि निगरानी बढाएको छ । बरामद अबैध साल जातको गोलियालाई बड्निहार सब डिभिजनको नियन्त्रणमा राखिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।