रञ्जन यादब /बारा
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपप्रति कडा आपति जनाउँदै ती सबै निराधार भएको बताएका छन्।् । गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न नभएको स्पष्ट पारे ।
मैले कल्पना पनि गरेको थिइन कि मलाई यस प्रकारको मुद्दामा जोड्न खोजिन्छ । यो सबै पूर्वाग्रही सोचबाहेक केही होइन,ू नेपालले भने। उनले आफूले कुनै पनि मन्त्रीलाई कानुन विपरीत कुनै निर्देशन नदिएको पनि स्पष्ट गरे । पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा प्रकरणमा आफू पूर्ण रूपले निर्दोष रहेको दाबी गरेका छन्।
आज (जेठ २२ गते) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा नेपालसहित (३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । अख्तियारले पतञ्जली योग पीठको नाममा जग्गा खरिद–बिक्रीमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत फौजदारी तथा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेसँगै, सार्वजनिक ओहदाको व्यक्तिको पद स्वतः निलम्बन हुने प्रावधानअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ ।नेपालले भने, ूमैले कुनै पनि अवैध कार्य नगरेको हुँ, अदालतमा सत्य उजागर हुनेछ।ू