रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नेपाल माध्यमिक बिद्यालमा छात्रबृती बितरण तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सुवास श्रेष्ठले कक्षा १ देखि ५ सम्मका ६५ जना बिद्यार्थीहरुलाई नगद छात्रबृत्ती तथा शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयले जनाएको छ ।
साथै उक्त कार्यक्रममा बिगत लामो समय देखि पढाउँदैँ आनुभएका प्रा.बि. शिक्षिका गिता थापाको बिदाई पनि गरिएको छ । उहाँ उमेर हदको कारण सेवा निबृत हुनुभएको हो । वडा अध्यक्ष श्रेष्ठलाई पनि सोहि स्कुलमा बाल्यकालमा पढाउँनुभएकी शिक्षिका थापाको बिदाईमा वडा अध्यक्ष श्रेष्ठ भाबुक बनेका थिए । उहाँले शिक्षिका थापाले पुरयाउँनुभएको योग्दानको चर्चा गर्दै सेवा निबृत जीवन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।