रञ्जन यादब /बारा
वृक्षारोपण गरौं, प्रदूषण घटाऔं भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले बृक्षारोपण गरेको छ । उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको बातावरण ईन्जिनीयर पुष्पा सिँहले जानकारी दिईन् ।
उक्त कार्यक्रम अन्तर्गत उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने राजमार्गको छेउछाउमा विभिन्न प्रजातिका ५ सय बिरुवा रोपिएको हो। नगर प्रमुख राजन पौडेलले कार्यक्रमको सुरुवात गर्दै वृक्षारोपण गरेर अभियानको शुभारम्भ गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख पौडेलले साना प्रयास, ठूलो परिणाम – वातावरण संरक्षण हाम्रो कामू भन्ने सन्देश दिँदै सबैलाई वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले वृक्षारोपणलाई दीर्घकालीन वातावरणीय सन्तुलनको आधारका रूपमा लिएर हरेक नागरिकले आफ्नो ठाउँबाट यस्तो प्रयासमा सहभागी हुनुपर्नेमा जोड दिए।वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।