कोल्हवीमा साल काठसहित एक जना पक्राउ

रञ्जन यादब /बारा

बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुवाहाबाट साल जातको काठसहित एक व्यक्ति पक्राउ परेका छन्। । कोल्हवी सब डिभिजन बन कार्यालयका अनुसार सिमन चौधरी नामका व्यक्तिलाई २ थान साइकल र २ थान साल जातको गोलीया सहित पक्राउ गरिएको हो ।पक्राउ परेका चौधरीलाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ।

कार्यालयका अनुसार उनी पहिले देखिनै बन सम्बन्धी मुद्दामा संलग्न थिए। हाल जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।कोल्हवी सब डिभिजनका प्रमुख बन अधिकृत कृष्ण पटेलका अनुसार चौधरीले करिब १० क्यू फिट बराबरको साल जातको काठ ओसारपसार गरिरहेका बेला नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।