पत्रकारको हत्या र प्रेस स्वतन्त्रता उल्लङ्घनको विरोधमा प्रेस सेन्टर नेपालको ज्ञापनपत्र

बारा २८ बैशाख प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाराले पत्रकार सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत एक ज्ञापनपत्र बुझाएको छ। हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जागरण अभियान सुरु गरेको प्रेस सेन्टर नेपालले पत्रकारहरूमाथि भएका हत्या, आक्रमण, दुव्र्यवहार तथा प्रेस स्वतन्त्रताको हननप्रति चिन्ता व्यक्त गर्दै तत्कालीन समस्याहरू समाधान गर्न सरकारको … Read more

वाई.सि.एल. जितपुरसिमरा उपमहानगरको दोस्रो सम्मेलन सम्पन्न, प्रदीप लामिछाने अध्यक्ष चयन

रञ्जन यादब /बारा युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाई.सि.एल) नेपालको जितपुरसिमरा उपमहानगर समिति अन्तर्गत दोस्रो नगर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट प्रदीप लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।नवगठित कार्यसमितिको अध्यक्षमा प्रदीप लामिछाने चयन भएका छन् भने उपाध्यक्षहरूमा . राजन थिङ, बिमा कुमारी वाइबा र संजय राम चयन भएका छन् ।सचिवमा … Read more

बाराका पालिकामा माओवादी केन्द्रले ईञ्चार्ज तोक्यो

रञ्जन यादब /बारा नेकपा (माओवादी केन्द्र) बाराको जिल्ला समन्वय समितिको बैठकले जिल्लाभित्रका विभिन्न स्थानीय तहहरूमा संगठनात्मक कामलाई प्रभावकारी बनाउन पालिका ईञ्चार्जहरू तोकेको छ। बैठक जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा तथा बारा–पर्सा ईञ्चार्ज महेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले निर्णय गरेअनुसार सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको ईञ्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठलाई दिइएको छ। … Read more

सिमरामा जिल्ला स्तरीय सुरक्षा निकायसँग अन्तरक्रिया गोष्ठी सम्पन्न ,बनको अतिक्रमित जग्गा फिर्ता ल्याउँने

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराको आयोजनामा जिल्ला स्तरीय सुरक्षा निकायसँग अन्तरक्रिया गोष्ठी सिमरामा सम्पन्न भएको छ। गोष्ठीमा बाराको बन क्षेत्रको वर्तमान अवस्था, अतिक्रमित बनजंगल र कार्यदौरान देखिएका चुनौती तथा समस्याहरूका बारेमा छलफल गरिएको थियो ।गोष्ठीमा डिभिजनल बन अधिकृत राजीव कुमार झाले बाराको बन क्षेत्रमा देखिएका समस्या, अतिक्रमणको अवस्था र तिनीहरूको समाधानका उपायहरूबारे जानकारी … Read more

प्रशुरामपुरबाट तीन थान साल काठ बरामद, स्थानीयद्धारा अवरोध ,नियन्त्रणमा लिन २ घण्टाको प्रयास

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित प्रशुरामपुरबाट तीन थान साल जातका काठ बरामद गरिएको छ । करिब २० क्युफिटको काठ बालुवा र खरले छोपेर राखिएको अवस्थामा फेला परेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भूपाल रोकायको नेतृत्वमा खटिएको बन गस्ती टोलीले ती काठहरू बरामद गरेको डिभिजनल … Read more

जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयहरु सार्वजनिक विदामा पनि सञ्चालनमा आउँने

  जीतपुरसिमरा उपमहानगरपालिका र मातहतका कार्यालयहरु शनिवार बाहेकका सार्वजनिक विदाका दिन पनि सञ्चालनमा आउँने भएका छन् । अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा नेपाल सरकारले संघीय सरकार मातहतका कार्यालयहरु शनिवार बाहेकका सार्वजनिक विदाका दिनमा पनि सञ्चालन गर्ने निर्णय गरको छ ।जसअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले पनि आफ्नो मातहतका कार्यालयहरु विदाका दिनपनि सञ्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयले गत … Read more

वन समूहहरूलाई जङ्गल मात्रै नभएर जमिन पनि नापजाँच गरेर दिएकोले त्यसको संरक्षण गर्न नसके फिर्ता लिईन्छ ः प्रमुख संरक्षण अधिकृत खतिवडा

रञ्जन यादब /बारा भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको पथलैयामा १७ औँ सधारण सभा तथा  ६ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अधिकृत खतिवडाले बन तथा बन्यजन्तु संरक्षणमा तदारुकता नदेखाउँने र उपभोक्ता … Read more

जीतपुरमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव सुरु हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर स्थित शान्ति टोलस्थित खेल मैदानमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव २०८२ सुरु हुने भएको छ। महोत्सव सम्बन्धी जानकारी एक पत्रकार सम्मेलनमार्फत वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले दिएका हुन्। द लिड इन्टरटेन्मेन्टको आयोजनामा महोत्सव बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गर्ने अनुमति … Read more

जीतपुरसिमराको बसतपुरमा भएको आगलागीले ३ लाख ७५ हजार बराबरको क्षति

रञ्जन यादब /बारा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा रहेको एक गोठमा सोमबार दिउँसो भएको आगलागीले करिब ३ लाख ७५ हजार बराबरको क्षति भएको छ । स्थानीय भिखारी महरा चमारको गोठमा लामखुट्टे धपाउनको लागी बालेको आगोबाट आगलागी भएको अनुमान गरिएको छ ।आगलागी बाट गोठ र गोठमा रहेको पराल पूर्ण रुपमा जलि नष्ट भएको … Read more

मुसहर्नीमाई सामुदायिक बनमा अनियमितताको आशंका, अध्यक्षमाथि गम्भीर आरोप

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ नरबस्ती स्थित मुसहर्नीमाई मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहमा आर्थिक तथा प्रशासनिक अनियमितता भएको आशंका उपभोक्ताहरुले गरेका छन्। बनको १८औं साधारण सभामा केही उपभोक्ताहरुले समुहको आम्दानी तथा खर्चको हिसाब किताबमा पारदर्शिता नभएको, आम्दानी अनुसार लेखाजोखा नराखिएको, र नाफामा रहेको समुहमाथि समेत ऋण देखाइएको आरोप लगाएका छन्। उपभोक्ताहरुले तत्कालिन अध्यक्ष … Read more