hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

सहकारी संस्थाहरूलाई आगामी आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट पेश गर्न निर्देशन

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि सहकारी संस्थाहरूलाई आफ्ना योजना, कार्यक्रम तथा बजेट तयार गरी समयमै पेश गर्न निर्देशन दिएको छ। स्थानीय सरकार संचालन ऐन, २०७४ को नियम २५ को उपनियम (२) र सहकारी नियमावली, २०७५ को नियम २७ को उपनियम (१) को खण्ड (च) बमोजिम उपमहानगरले सबै सहकारी संस्थाहरूलाई वार्षिक योजना, कार्यक्रम तथा बजेट पेश गर्न अनुरोध गरेको हो ।उक्त योजनाहरू उपमहानगरको समावेशी र सन्तुलित विकासको अवधारणाअनुसार तयार पार्नुपर्ने उल्लेख गरिएको छ ।सहकारी संस्थाहरूले आ.व. २०८२।०८३ मा सञ्चालन गर्न चाहेका कार्यक्रम, योजना र बजेटका विषयमा जानकारी सहितको पत्र यहि असार ५ गते सम्म पठाउँन उपमहानगरपालिकाले निर्देशन दिएको छ । प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईद्धारा हस्ताक्षरित पत्रमा यस्तो निर्देशन उपमहानगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सहकारीहरुलाई गरिएको छ ।