मनवा जंगलबाट अवैध रूपमा काटिएको काठ बरामद

रञ्जन यादब /पर्सा

पर्सागढी नगरपालिका–१ स्थित मनवा जंगल क्षेत्रबाट तीनथान अबैध काठकाे गालिया ३०.३१ घनफिट (CFT) काे बरामद गरिएको छ ।

बिन्दाबासिनी कोईलाभार–बढ्निहार साझेदारी वन क्षेत्रमा अवैध रूपमा काटिएको उक्त काठलाई मनवा सब डिभिजनका सशस्त्र वन रक्षक टोली र साझेदारी वनको निगरानी टोलीको संयुक्त प्रयासमा नियन्त्रणमा लिईएकाे डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

संयुक्त टोलीले नियमित गस्तीको क्रममा उक्त काठ फेला पारेका थिए ।

बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार जीतबहादुर तमाङ्गकाे नेतृत्वमा सशस्त्र बन रक्षक टाेली परिचालन गरिएकाे बड्निहार सब डिभिजन बन कार्यालका प्रमुख अधिकृत नवनित मिश्रले जानकारी दिए । बरामद गरिएको काठ सब डिभिजनमा राखि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले बताए ।

वन क्षेत्रको सुरक्षाका लागि गस्ती अझ कडा बनाइएको उनले बताए।