hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

स्रोत नखुलेको १३ लाख बढी नगदसहित सिमराबाट एक युवक पक्राउ

रञ्जन यादब /बारा

बिशेष सूचनाको आधारमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा , एयरपोर्ट रोडस्थित क्षेत्रबाट स्रोत नखुलेको ठुलो रकमसहित एक युवक पक्राउ परेका छन्।् ।ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायब उपरिक्षकको बेद जोशिको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१६ निवासी २० वर्षीय सुरज कुशवाहालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

उनी कालो रंगको झोला पिठ्युँमा बोकी सिमरा चौकबाट एयरपोर्टतर्फ जाँदै गर्दा करिब ४ बजेको समयमा पक्राउ परेका थिए । नियन्त्रणमा लिएपछि झोला तथा उनको शरीरको खानतलासी गर्दा झोलाभित्र स्रोत नखुलेको नगद रु १३ लाख ७ हजार ५ सय र विभिन्न बिल, भौचर तथा कागजातहरू फेला परेको प्रहरीले बताएको छ ।सुरज कुश्वाहाविरुद्ध हुण्डी कारोबार सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।