hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

सिमराको ८ कठ्ठा जग्गा विवाद ः १६ वर्षपछि ५० प्रतिशत नाफाको दाबी, प्रहरीसम्म पुग्यो मामला

रञ्जन यादब /बारा

सिमरामा १६ वर्षअघि खरिद गरिएको एक जग्गा पुनः बिक्री गर्ने प्रयास भइरहँदा सो जग्गा सम्बन्धी विवाद सार्वजनिक भएको छ। प्राणनाथ हार्डवेयरका सञ्चालक ईश्वर कुमार श्रेष्ठले वि.सं. २०६६ सालमा रु ९२ लाखमा खरिद गरेका सिमरा स्थित सूर्य नेपाल नजिकको ८ कठ्ठा जग्गा करिब १० करोड रुपैयाँमा बिक्री गर्न लाग्दा, आफूलाई त्यतिबेला साझेदार बताउँदै गोपाल अधिकारी नामक व्यक्तिले ५० प्रतिशत नाफाको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन्।् ।बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार गोपाल अधिकारीले दिएको उजुरी दर्ता भइसकेको छ र सोही उजुरीको आधारमा ईश्वर श्रेष्ठलाई प्रहरी टोलीले पक्राउ गरी थुनुवा कक्षमा राखिएको थियो।

पछि परिवारको जिम्मामा श्रेष्ठलाई छोडिएको बताइएको छ। गोपाल अधिकारीले उक्त जग्गा खरिद गर्दा श्रेष्ठसँग संयुक्त रुपमा पैसा लगानी गरिएको र त्यसबेला बारिष रहेका काशिम मियाको खातामा पैसा हालिएको दाबी गरेका छन्। अधिकारीका अनुसार श्रेष्ठले जालसाजी गरेर आफूलाई आर्थिक रूपमा ठग्ने प्रयास गरेका हुन्।् ।तर ईश्वर श्रेष्ठले भने गोपाल अधिकारीसँग संयुक्त रूपमा कुनै पनि प्रकारको लगानी नगरेको दाबी गर्दै उक्त उजुरी र त्यसमा प्रयोग गरिएको कागजातहरू नक्कली भएको बताएका छन्। श्रेष्ठका अनुसार केही व्यक्तिहरू मिलेर आर्थिक लाभ लिने नियतले यस्तो प्रपञ्च रचिएको हो।

उनले आफूलाई नक्कली कागजको आधारमा पक्राउ गर्नु अन्याय भएको बताएका छन्।् ।यसैबीच, तत्कालीन जग्गा मालिक रहेका काशिम मियाले १६ वर्षअघि भएको कारोबार सम्झन गाह्रो भएको प्रतिक्रिया दिएका छन्।् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ईश्वर श्रेष्ठ अझै पनि अनुसन्धानका लागि बारम्बार बोलाउँदा समेत नआएको र आवश्यक परेमा पुनः पक्राउ गरिने जानकारी दिएको छ। यता ईश्वर कुमार श्रेष्ठले उच्च अदालत जनकपुरको अस्थाई ईजलास बिरगंजबाट स्टे अर्डर लिएर आएका छन् । प्रहरीले फेरी पनि आफुलाई पक्राउ गर्न खोजिरहेको भन्दै जेठ २७ गते स्टे अर्डर( अन्तरिम आदेश) लिएर आएका हुन् ।

स्टे अर्डर( अन्तरिम आदेश) बिपक्षी जिल्ला प्रहरी कार्यालय बाराको नाममा फौजदारी कसुरमा अनुसन्धान कारबाहीको सिलसिलामा कानुन बमोजिम बाहेक देवानी प्रकृतीको बिषयमा निबेदक ईश्वर कुमार श्रेष्ठको नागरिक हक ,अधिकार हनन्हुने गरी प्रस्तुत निबेदनको टुङ्गो नलागेसम्मकोलागि निबेदकलाई कुनै कागजमा सहि छाप नगर्नु ,नगराउँन ,गैह« कानुनी रुपमा पक्राउँ नगर्नु ,गर्न नलगाउँनु ,नथुन्नु ,थुन्न नलगाउँनु भनी उच्च अदालतको नियामवली २०७३ को नियम ४२(१ ) बमोजिम बिपक्षीको नाममा न्यायधिश दुर्गा बहादुर बिश्वकर्माको ईजलासले अन्तरिम आदेश जारी गरेको छ ।यो प्रकरणले पुराना जग्गा कारोबारका मुद्दा अझै कति जटिल बन्न सक्छन् भन्ने कुरा उजागर गरेको छ । अब प्रहरी अनुसन्धानले यो जग्गा विवादको सत्यता के हो भन्ने कुरालाई पुष्टि गर्नेछ।