hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

तीन वर्षअघि चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला र्पायो, मोटरसाईकल धनीले गरे ट्राफिक प्रहरी प्रशंसा

रञ्जन यादब /बारा

करीब तीन वर्षअघि चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी धनीलाई बुझाएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १४, रजघट्टामा चेकजाँचको क्रममा अस्थायी ट्राफिक पोस्टका हवलदार रामप्रीत चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल फेला पारेको हो । प्रहरीलाई देखेपछि मोटरसाइकल चोर सवारी साधन त्यहीँ छोडेर फरार भएका थिए।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल शेखर लामा नामक व्यक्तिको भएको पुष्टि भएपछि ट्राफिक प्रहरीले इलाका प्रहरी कार्यालय सिमराको रोहबरमा मोटरसाइकल धनी लामा लाई हस्तान्तरण गरेको हो।शेखर लामाले तीन वर्षअघि सिमरा बजारमा किनमेल गरिरहेकै समयमा पार्किङमा राखेको मोटरसाइकल चोरी भएको बताएका छन्।

उनले तत्कालै इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिए पनि यति लामो समयसम्म कुनै पत्तो नलागेपछि आफूले मोटरसाइकलको आशा मारेको प्रतिक्रिया दिएका छन्। ।तर, एक्कासि मोटरसाइकल फेला परेको खबर प्रहरी कार्यालयबाट प्राप्त भएपछि उनी खुसीले गदगद भएका छन्। उनले ट्राफिक प्रहरी हवलदार रामप्रीत चौधरी नेतृत्वको टोलीलाई धन्यवाद दिँदै आफ्नो सम्पत्र् िफेला पारिदिनुमा प्रहरीको सक्रियता र इमान्दारिताको प्रशंसा गरेका छन् ।