अभिनेत्री सुरक्षा पन्तको इन्जेगमेन्ट, आज विवाह हुदै

काठमाडौं, फागुन २५ गते। अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा … Read more

तेस्रो राष्ट्रपतिको लागि आज मतदान हुँदै, आजै मत परिणाम आउने

काठमाडौँ, फागुन २५– नेपालको तेस्रो राष्ट्रपतिको लागि आज मतदान हुँदै छ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक … Read more

‘पठान’ ले नेपालमा कमायो ८ करोड

काठमाडौँ, फागुन २४- बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको हो। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।

राष्ट्रपति चुनावमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं, फागुन २४– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टीभित्र तटस्थ बस्ने वा नबस्ने भन्ने चर्काे विवाद देखिएपछि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।

गायक राजेश पायल राईले प्रेमिकासँग बिहे गरेको प्रमाणपत्र सार्वजनिक

काठमाडौँ, फागुन २४- गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन्। लिभिङ टुगेदरमा बस्दै आएका उनीहरुले केही समयअघि नै विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेको उल्लेख छ। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन्। यो … Read more

३५ दिनभित्र आय ठेक्काको बक्यौता बुझाउन जीतपुरसिमराको निर्देशन

बारा, फाल्गुन २२ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम ३५ दिनभित्र बुझाउन सम्बन्धित निकायलाई सुचना निकालेर निर्देशन दिएको छ । जीतपुरसिमरा उपमहानगले निकालेको सूचना अनुसार बक्यौता रकम उठाउन उपमहानगरपालिकाले बारम्बार पत्र पठाउँदा पनि ठेकेदार कम्पनीहरुले अटेर गर्दै आएका थिए । १० ठेकेदार कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएर पनि उपमहानगरपालिका रकम नबुझाएको … Read more

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, यस्तो छ परिक्षा तालिका

काठमाडौँ, फागुन २१– कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघः चटक धेरै, काम शुन्य

बारा, फाल्गुन २० गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीको हितको काम भन्दा बढि व्यक्तिगत फाईदा हुने काम गरिरहेको आरोप लागेको छ । जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यारीबाट उठाएको पैसाले आफुलाई मन पर्ने सरकारी कर्मचारी र नेताहरुलाई स्वागत र बिदाईमा खर्च गरिरहेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्यले प्रहरी, सिडियो, नेता, सांसद र … Read more

लागू औषध गाँजा सहित बाराको पथलैयाबाट ३ जना पक्राउ

बारा, फाल्गुन २० गते । बाराबाट लागू औषध गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट १२ किलोग्राम गाँजा सहित तिन जना पक्राउ परेका हुन् । हिजो शुक्रबार बिहान ६ बजेको समयमा पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, फागुन २० गत । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा मोटरसाइकल दुर्घटना हुदा हिजो शुक्रवार एकजनाको मृत्यु भएको हो । ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कलैया-९ रामपुर बस्ने ३५ बर्षियको रहिम अंसारीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल चालक कलैया १४ … Read more