बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, फागुन २० गत ।

बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा मोटरसाइकल दुर्घटना हुदा हिजो शुक्रवार एकजनाको मृत्यु भएको हो ।

ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कलैया-९ रामपुर बस्ने ३५ बर्षियको रहिम अंसारीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल चालक कलैया १४ का सागर चौधरी समान्य घाइते भएका थिए उपचार पछि उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखि अनुसन्धान भईरहेको छ ।

कलैया–१४ बघबनबाट कलैया तर्फ आउदै गरेको मोटरसाईकलको ठक्करबाट अंसारीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।उनको उपचारको क्रममा आज शनिवार वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।