बारा, फाल्गुन २२ गते ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम ३५ दिनभित्र बुझाउन सम्बन्धित निकायलाई सुचना निकालेर निर्देशन दिएको छ ।
जीतपुरसिमरा उपमहानगले निकालेको सूचना अनुसार बक्यौता रकम उठाउन उपमहानगरपालिकाले बारम्बार पत्र पठाउँदा पनि ठेकेदार कम्पनीहरुले अटेर गर्दै आएका थिए ।
१० ठेकेदार कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएर पनि उपमहानगरपालिका रकम नबुझाएको भन्दै ३५ दिने सूचना निकालेको उपमहानगरले जनाएको छ ।
जीतपुरसिमराले हाट बजारदेखि पाडाभैंसी बजार, विज्ञापन कर , गीति बालुवा ठेक्का लगायत बक्यौता उठाउन सकेको छैन ।