बारा, फाल्गुन २० गते ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीको हितको काम भन्दा बढि व्यक्तिगत फाईदा हुने काम गरिरहेको आरोप लागेको छ । जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यारीबाट उठाएको पैसाले आफुलाई मन पर्ने सरकारी कर्मचारी र नेताहरुलाई स्वागत र बिदाईमा खर्च गरिरहेको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्यले प्रहरी, सिडियो, नेता, सांसद र मन्त्रिहरुको स्वागत र बिदाईमा बेतुकको खर्च गरिरहेको पाइएको छ । स्वागत र बिदाईमा खर्च गरिरहदा उद्योग वाणिज्य संघको वर्तामान कार्यसमितिको सदस्यहरुनै असन्तुष्ट रहेको संघको कार्यसमितिका केही सदस्यहरुले जानकारी नेपाललाई गुनासो गरेका छन् ।
बारा जिल्लाकै राम्रो उद्योग वाणिज्य संघ भनेर चिन्हिदै आएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ मोहन शर्मा लामिछानेको नेतृत्वमा गए पछि बिबादमा तानिदै आएको छ । संघका पुर्व कार्यसमितिले सार्वजनिक रुपमै उद्योग वाणिज्य संघको खेदो खनिरहेका छन ।
जीतपुरसिमरा नगर उद्योग वाणिज संघको दोस्रो अधिवेसनबाट निर्वाचिन कार्यसमिति भ्रमण, बिदाई र स्वागतमा व्यस्त हुदा पिडित व्यापरी झन पिडित बन्दै गएका छन् ।
सिंगो मार्केट आगलागी ध्वस्त भएको १ महिना हुन लाग्दा पनि मौन छ उद्योग वाण्ज्यि संघ!!
गत माघको २९ गते जीतपुरसिमरा उपमहनगरपलिका वडा नम्बर ७ को सिटि मार्केटमा भिषण लागली भयो, सोही दिन नगर उद्योग वाणिज्य संघले आपतकालिन बैठक बोलाई व्यापारी राहत कोष गठन गरि आगलगि पिडितको लागि सहयोग उठाउने निर्णय गरेको थियो ।
संघको निर्णय अनुसार बैठकको करिब २ दिन भित्र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले नगर उद्योग वाण्ज्यि संघ राहत कोष नाम दिएर एउटा खाता नम्बर सार्वजनिक गर्दै सो खातामा सहयोग गर्न अपिल गर्यो तर सो खातामा पैसा हाल्दा नाम नमिलेको भन्दै पैसा जादैन, उक्त समस्या नगर उद्योग वाणिज्यको अध्यक्ष र महासचिवलाई समाधान गर्न भनेको २ हप्ता बितिसक्दा पनि समाधान भएको छैन ।
बैंकको खातामा समस्या हुदा १० मिनेटमा बैंकले समस्या समाधान गर्ने गरेको छ । तर यहा हप्तौ बिति सक्दा समस्या समाधान भएको छै्रन ।
साटि मार्केट आगलगी पिडितलाई सहयोग दिने भनेर नाम लेखाए व्यक्तिहरुलाई एउटा पत्र समेत आयो तर सो पत्रमा उल्लेख गरेको बैंक खातामा पैसा पठाउदा खाता नम्बर संघ नाम नमिलेको भन्दै पैसा ट्रान्सफर हुदैन । यो समस्या बाट बच्न सो खाताको क्युआर कोर्ड सार्वजनिक गर्दा सहयोग दिने व्याक्तिलाई धेरै सजिलो हन्छ भनेर जीपतपुरसिमरा नगर उद्योग वाणिज्यलाई बारमबार ध्यानाकर्षण गर्दा पनि क्युआर कोड सार्वजनिक भएको छन् ।
बैंकका अनुसार कुनै पनि खाताको क्युआर कोड लिन बैंकमा गएर १० मिनेटमा लिन सकिने व्यस्था छ । यस्ले प्रष्ट हुन्छ उद्योग वाणिज्य संघले क्युआर कोडको लागि पहल समेत गरेको छन् ।