न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न

न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए । पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे  आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा … Read more

पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी

  रञ्जन यादब/बारा सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।   त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले … Read more

पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा तीन विद्यालय विजयी, एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता ः होली गार्डेन र पाथीभरा इङ्लिस स्कुल विजयी

रञ्जन यादब /बारा बाराको सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका तीनै खेलमा फरक–फरक विद्यालयले सहज जीत हात पारेका छन्। पाथीभरा स्कुलको खेल मैदानमा सम्पन्न खेलहरूमा स्नो एपेक्स, लोटस एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भए।पहिलो खेलमा स्नो एपेक्सले सिमरा पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै … Read more

सिमरामा एकैदिन दुई महिला र पुरुष भलिबल प्रतियोगिता सुरु, विद्यालयमै खेलको रौनक

रञ्जन यादब /बारा बाराको सिमरा मंगलबार खेलमय बनेको छ। एकैदिन दुई विद्यालयले छुट्टाछुट्टै अन्तरविद्यालय भलिबल प्रतियोगिता थालनी गरेपछि उपमहानगर नै भलिबलमय बनेको हो। एकता स्कुलले महिला भलिबल प्रतियोगिता सञ्चालन गर्दै उद्घाटन ग¥यो भने पाथीभरा इङ्लिस स्कुलले पुरुष भलिबल प्रतियोगिता सुरु ग¥यो।महिला प्रतियोगिताको उद्घाटन नगरप्रमुख राजन पौडेलले गरे । पुरुषतर्फको खेल उपप्रमुख भोलाप्रसाद अधिकारीले शुभारम्भ गर्दै … Read more

सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि एस.पि.ई.स. र मिसन एकेडेमीको कब्जामा

रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा सम्पन्न भएको सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा सिनियरतर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र जुनियरतर्फ मिसन एकेडेमीले यस वर्षको उपाधि आफ्नो बनाएका छन्। सिनियरतर्फ सिमरा पब्लिकले मिसन एकेडेमीमाथि १–० को कठिन जित निकाल्दै च्याम्पियन बनेको हो। टिमका कप्तान सुमन साहले गरेको निर्णायक गोलले सिमरा पब्लिकलाई उपाधि दिलायो। उता, … Read more

अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधिकोलागि अक्षरा पाठशाला र एसपीईएस भिड्ने

रञ्जन यादब /बारा प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधिकोलागि अक्षरा पाठशाला र सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित सेज क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुवै टोलिले फाइनलको यात्रा सुनिश्चित गरेका हुन्। पहिलो सेमिफाइनलमा आयोजक अक्षराले एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई कडा प्रतिस्पर्धा बीच ६ रनले पराजित … Read more

जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने ,प्रतियोगितामा छात्र र छात्रा दुबैको खेल हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा हुने प्रतियोगिताको बारेमा सचिवालय बिद्यालय श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ,नितनपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सचिवालय बिद्यालयका प्रधानध्यापक जय प्रकाश रायले पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ ३ गते देखि … Read more

उपाधिका लागि मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

  १५ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रङ्गशालाको फ्लड लाइटमा शुक्रबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै वर्ष ०८१ को सुखद अन्त्य गर्न चाहन्छन् । मच्छिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको … Read more

जीतपुरसिमरा गोल्डकप चैत्र २२ गते शुक्रबार देखि सुरु हुने

रञ्जन यादब /बारा बाराको सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा ८ टिम … Read more

दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न,पहिलो दिनको खेलमा विभूति र होलि गार्डेन बिजयी

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा नगरपालिकामा आयोजित दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एन प्याबसन जीतपुरसिमरा नगर कमिटी को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरबाना को संयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न आठ विद्यालयका टोलीहरू सहभागी भएका छन्। उद्घाटन समारोहमा राष्ट्रिय विभूति सामुदायिक … Read more